‘सरौतो’ का लागि दुई वर्ष मार्सल आर्ट सिकेँ: सुमी मोक्तान | Khabarhub Khabarhub

‘सरौतो’ का लागि दुई वर्ष मार्सल आर्ट सिकेँ: सुमी मोक्तान


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुमी मोक्तान फिल्म ‘सरौतो’ मार्फत दर्शकमाझ आउँदैछिन् । हरि हुमागाईंले निर्देशन गरेको उक्त फिल्मको रिलिजअघि राम्रै चर्चा छ । फिल्ममा सुमीसँगै सन्नी सिंह, आमिर गौतम, विजय लामा लगायतका कलाकारको शीर्ष भूमिका छ ।

आउँदो मंसिर १३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको ट्रेलरले राम्रै चर्चा पाएको छ । फिल्ममा सुमीलाई एक्सन अवतारमा देख्न पाइनेछ ।

एक्सन अवतार वास्तविक जस्तो होस् भने सुमीले झण्डै २ वर्ष मार्सल आर्ट नै सिकेकी थिइन् । जबकि, नेपालमा कलाकारले आफ्नो चरित्रका लागि खासै कसरत गर्दैनन् ।

खबरहबसँगको कुराकानीमा नायिका सुमीले भनिन्, ‘चुनौतीविना जीवनमा के नै रमाइलो छ र भन्ने लाग्छ, मैले सधै एउटै काम नहोस्, केही फरक होस् भनेर मार्सल आर्ट सिकेकी हुँ ।’

सुमीले ‘सरौतो’ मा क्यारेक्टरलाई न्याय दिनका लागि सांकेतिक भाषा समेत सिकेको बताइन् । ‘मैले यो फिल्मकै लागि भनेर सांकेतिक भाषा पनि सिकेँ र दुई वर्ष मार्सल आर्ट सिकेँ,’ उनले भनिन् ।

साथै उनले फिल्ममा सबैले गरेको कामको तारिफ गर्दै एक्सन फिल्ममा यो तहको फिल्म कमै गर्नै बनेको समेत दाबी गरिन् । फिल्ममा उनले कान नसुन्ने एक युवतीको भूमिका निभाएकी छिन् । ‘सरौतो’ मा बदलाको कथा छ ।

नारी कलाकारले यसअघि एक्सन फिल्ममा अभिनय गरे पनि ती नायिकाहरु खासै सफल बन्न नसकेको इतिहास छ । पछिल्लो समय ‘जाइरा’ मा नम्रतालाई एक्सन भूमिकामा प्रस्तुत गरिएको थियो । तर, फिल्मले व्यावसायिक सफलता हात पार्न सकेन ।

के तपाईं एक्सन लेडीका रुपमा स्थापित हुनुहोला त? भन्ने खबरहबको प्रश्नमा सुमीले भनिन्, ‘हुन्छु होला, फेरि फिल्ममा एक्लैले गरेर हुने पनि होइन, फिल्म नै राम्रो हुनुपर्छ, र ‘सरौतो’ साँच्चिकै राम्रो बनेको छ ।’

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १२ : ३६ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्