१३ वाणिज्य बैकले लाभांश दिने | Khabarhub Khabarhub

१३ वाणिज्य बैकले लाभांश दिने


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले कायम रहेका वाणिज्य बैकहरुमध्ये एक दर्जनबढी वाणिज्य बैकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । घोषणा गरेका वाणिज्य बैंकहरुमध्ये केहीले नगद लाभांशसहित वोनस शेयर समेत दिने घोषणा गरेका हुन् ।

एनएमबि बैंकले २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै ग्लोबल आईएबई बैंकले १२.७५ प्रतिशत बोनस तथा १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

ग्लोबल आइएमई बैकसँग मर्जरको अन्तिम तयारीमा रहेको जनता बैंकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्दैछ ।

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गर्न आगामी मंसिर ६ गते साधारणसभा बोलाइसकेको छ ।

सिभिल बैंकले ६.५७ प्रतिशत, मेगा बैंकले ११.७५ प्रतिशत र वैदेशिक लगानी समेत रहेको स्टान्डर्ड चार्टर्ड बैंकले २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् ।

सनराइज बैंकले १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभांशसहित कूल १५.८ प्रतिशत लाभांश वितरण गर्दा सिद्धार्थ बैंकले १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि कूल २५.२६ प्रतिशत लाभांश वितरण गर्दैछ ।

नविल बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने नेपाल बंगलादेश बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै लक्ष्मी बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गर्दा एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयरसहित कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १२ : ५१ बजे

सञ्चारमन्त्री खरेलको प्राथमिकता : दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन

काठमाडौं– पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री 

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका

‘बेइमान विज्ञापन’ प्रकरणपछि ट्रम्पद्वारा क्यानाडाका प्रधानमन्त्रीसँग भेट अस्वीकार

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एसिया भ्रमणका लागि ह्वाइट

प्रकृति संरक्षणमा नौ हजार सेना

काठमाडौं– नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु आरक्षण