सन्तानको योजना बनाउनु अघि ध्यान दिनु पर्ने कुराहरु « Khabarhub

सन्तानको योजना बनाउनु अघि ध्यान दिनु पर्ने कुराहरु


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हरेक विवाहित दम्पतीको चाहना हुन्छ, आमाबुवा बन्ने । जैविक रुपले आमाबुवा बन्नु र दायित्वको आधारमा आमाबुवा बन्नु फरक कुरा हो ।

यसका लागी हरेक दम्पतीले पूर्व योजना तथा जिम्मेवारी बहनको बारेमा राम्ररी सोच्नु आवश्यक हुन्छ । तर हामी कहाँ योजना नबनाई गर्भवती हुने र त्यसपछि मात्र तयारी थाल्ने चलन छ । यसरी बिना तयारी गर्भवती हुँदा कतिपय अवस्थामा आमा र शिशुको स्वास्थ्यमा समस्याहरु उत्पन्न हुने गर्दछ ।

तसर्थ आमाबुवा बन्नु अघि निम्न योजनामा दम्पतीले ध्यान दिन निकै आवश्यक छ ।

१. सन्तानको योजना बनाउनुअघि दम्पतीहरुले दुवैको ‘हेल्थ हिस्ट्री’ जान्न जरुरी हुन्छ । यसबाट आमाबुवामा कुनै रोग भए नभएको बारे अगाडि नै थाहा पाउन सकिन्छ ।

२. गर्भवती हुनुअघि महिलाले रक्तचाप, मिर्गौला वा मुटुको अनिवार्य परीक्षण गर्नुपर्छ ।

३. मोटोपन भएका महिलाले तौल घटाएर मात्रै गर्भवती हुन उपयुक्त हुन्छ ।

४. थाइराइड, डाइबिटिज भएका महिलाहरुले पनि बच्चा जन्माउन सक्छन् । तर पहिले यसको उपचार गर्न आवश्यक हुन्छ ।

५. परिवारमा वंशाणुगत कारणले शारीरिक अपांगता वा विकलांगता भएका कोही व्यक्ति छन् भने चिकित्सकको सल्लाह लिएर मात्र सन्तानको योजना बनाउनु पर्छ ।

६. गर्भवती हुन चाहने महिलाले अनिवार्य रगतमा हेमोग्लोविनको परीक्षण गर्नपर्छ ।

७. गर्भवती हुने महिलाले मदिरा पिउने, धूमपान गर्ने बानीलाई त्याग्नुपर्छ । यस्ता कुलत त्यागेर मात्र ‘प्रेग्नेन्सी प्लान’ गर्नु उचित हुन्छ ।

८. गर्भावस्थामा महिलाले खाल्डाखुल्डीयुक्त सडकमा यात्रा गर्नु हुँदैन । कामकाजी महिलाले चारपाङग्रे सवारी साधनमा यात्रा गर्नुपर्छ । तर, लामो दूरी यात्रा गर्नुहुँदैन ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १ : ४४ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००