कोशीपारीको चौंरीदेउरालीमा बन्ने भयो १५ शय्याको अस्पताल « Khabarhub

कोशीपारीको चौंरीदेउरालीमा बन्ने भयो १५ शय्याको अस्पताल


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– प्रदेश सरकारको आर्थिक सहयोगमा कोशीपारीको विकट चौंरीदेउराली गाउँपालिकाको वडा नं ५ भालचौरमा १५ श्ययाको अस्पताल निर्माण गरिने भएको छ । साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी निर्माण गर्न लागिएको सो अस्पतालका लागि २१ रोपनी जग्गा उपलब्ध गराइएको छ ।

अस्पताल भवन शिलान्यास गर्दै प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले रकमकै कारणले भवन बनाउन ढिला नहुने बताए । उनले स्थानीय सरकारले दिएको प्रतिवेदनका आधारमा शुरु गरिएको यो काम स्थानीयकै सहभागितामा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सांसद रत्न ढकालले जिल्लाको विकट क्षेत्रका जनता अलि ठूलो रोग लाग्यो भने दौडेर धुलिखेल अथवा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकारको पहलमा अस्पताल बनाउन लागिएको बताए । ६ करोडको लागतमा निर्माण गरिने सो अस्पतालको काम अगाडि बढाइसकिएको र चिकित्सकको समेत नियुक्ति भइसकेको गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  २ : २५ बजे

सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था

एमालेले प्रधानमन्त्री वालेन्द्रलाई बधाई दिँदै भन्यो : हामी जनमतको सम्मान गर्छौँ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा