एउटै बोकाको मूल्य ३ लाख रुपैयाँ, पाठी बिक्छन् २ लाखमा ! « Khabarhub

एउटै बोकाको मूल्य ३ लाख रुपैयाँ, पाठी बिक्छन् २ लाखमा !


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– एउटै बोकाको मूल्य करीब ३ लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ । तर म्याग्दीको बेनी नगरपालिकाका एक किसानले एउटै बोकालाई २ लाख ९० हजारमा बिक्री गरेका छन् ।

बेनी नगरपालिका–९स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताए ।

उनले सञ्चालन गरेको धवलागिरि बोयर मोडल फार्मबाट स्याङ्जास्थित कालीगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको क्रस नगरिएको सो बोका २ लाख ९० हजार खर्चिएर खरीद गरेको जानकारी दिए । रिजालको फार्ममा अहिले सात शुद्ध बोयर र २५ क्रस बोयर जातका बाख्रा छन् ।

स्थानीय जातका बाख्रामा नश्ल सुधारका लागि रिजालले अष्टेलियाबाट उत्नत जातको बाख्रा आयात गरी ल्याएका थिए । विगत ५ वर्षदेखि स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्न थालिएको र नश्ल सुधार गरिएका बोयर बाख्राका पाठापाठी एउटैलाई १ लाखदेखि २ लाखसम्ममा बिक्री गर्दै आएको किसान रिजालले बताए ।

अहिले उक्त जातका बोका र पाठीको माग अत्यधिक रहेको र माग पुर्‍याउन कठिन भएको उनले जानकारी दिए । छिटो तौल बढ्ने, मासु राम्रो हुने र आम्दानी पनि राम्रो हुने भएपछि पछिल्लो समय किसान बोयर बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

सामान्यतया ६ महीनासम्मको बोयर पाठापाठी ३० किलोसम्मको हुने गर्छ । किसानले ८० किलोभन्दा बढी तौलका बोका पालेर बिक्री गर्दै आएका छन् । सन् १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रामा छिटो शारीरिक वृिद्ध, तौल वृद्धि, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमत्ता बढी हुने र स्थानीय हावापानी अनुकूल भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  २ : ४६ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट