निद्रामा झस्कने समस्या छ ? यस्ता छन् कम गर्ने ७ उपाय « Khabarhub

निद्रामा झस्कने समस्या छ ? यस्ता छन् कम गर्ने ७ उपाय


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसमा निद्रामा झस्किने समस्या हुने गर्दछ । तर मानिस किन निद्रामा झस्किन्छन्, यस बिषयको ठोस कारण अझै सम्म वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् ।

केहिले निद्रामा झस्कनुको कारण मनोसामाजिक तथा मानसिक कारण बताउँछन् भने केहिले यो समस्या तनावका कारण हुने भन्दछन् । तथापि मानिस किन निद्रामा झस्किन्छ, त्यसको यकिन कारण भने पत्ता लागेको छैन ।

राति राम्रोसँग निद्रा नपर्ने, पातलो निद्रा हुने, नराम्रो सपना देखिने र शारीरिक समस्याका कारण मानिस निद्रामा झस्किन्छन् ।

मानसिक तनाव भएका ब्यक्ति वा अधिकाशं चिन्तामा रहने मानिसलाई निद्राबाट झस्किएर सुत्न गाह्रो हुने गर्दछ । यस्तो समस्या हुदाँ निद्राको बीचबीचमा बिउझिने, डर लाग्ने, उठ्दा पसिनै–पसिना हुने र श्वास फेर्न गाह्रो हुने गर्दछ ।

यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखा पर्छ । कहिलेकाही पहिला कुनै ठूलो घटना भएको छ भने त्यसको झझल्को आएर पनि मानिसहरु निद्रामा झस्किने गर्दछन् ।

अझ रक्सी र लागुऔषध धेरै खाने मानिसहरुमा पनि यस्तो समस्या आउन सक्छ । कतिपय निद्राको औषधि सेवन गर्ने मानिसमा पनि यस्तो समस्या आउन सक्छ ।

कसरी बच्ने ?

निद्रामा झस्कने बानीबाट बच्नका लागि सुरुमा आफू किन निद्रामा झस्किन्छु भन्ने कारण थाहा पाउन जरुरी हुन्छ । यसको कारण पत्ता लगाएर उपचार सुरु गरेमा निद्राबाट झस्कने समस्या विस्तारै कम भएर जान्छ । यी कुरामा ख्याल गरेमा निद्रामा झस्किने समस्याबाट बच्न सकिन्छ ।

१. बेलुका सुत्ने तालिका सधैँ एउटै बनाउने र उठ्ने समय पनि एउटै पार्ने ।

२. बेलुका सुत्ने बेलामा कफी, रक्सी, धुमपानको सेवन नगर्ने ।

३. आफू सुत्ने कोठा शान्त राख्ने साथै बेडमै बसेर टिभी हेर्ने वा पढ्ने बानी त्याग्ने ।

४. सुत्ने कोठामा बत्ति नबाल्ने, बाल्नु परेपनि कम चम्किलो बत्ति मात्र बाल्ने ।

५. भविष्य, काम, अध्ययन वा पारिवारिक चिन्ता कम गर्ने, सकेसम्म तनाव नलिने ।

६. दैनिक बिहान न्युनतम आधा घण्टा शारीरिक ब्यायाम गर्ने वा हिँड्ने बानीको विकाश गर्ने ।

७. दिउँसो सुत्ने बानी छ, त्यसलाई बिस्तारै हटाउने, आफूलाई दिनभर व्यस्त राख्ने ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  २ : ५१ बजे

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध