प्रहरी चौकीमा हानिएको बम बाख्रालाई लाग्यो, डिउटीमा रहेका प्रहरी जवान घाइते | Khabarhub Khabarhub

प्रहरी चौकीमा हानिएको बम बाख्रालाई लाग्यो, डिउटीमा रहेका प्रहरी जवान घाइते


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– रौतहटको इशनाथ नगरपालिका–४ स्थित मठिया प्रहरी चौकीलाई लक्षित गरी प्रहार भएको बम लागेर एउटा बाख्रा मरेको छ ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेट ०५एच६५०९ नम्बरको मोटरसाइकलमा आएका २ व्यक्तिले मठिया प्रहरी चौकीलाई लक्षित गरी सुतली बम प्रहार गरेका थिए ।

बम प्रहारबाट डिउटीमा रहेका प्रहरी जवान घाइते भएका छन् ।

घाइते हुने प्रहरी जवानमा महानगरीय सशस्त्र प्रहरी अनाश्रीत गुल्म–२ काठमाडौंमा दरबन्दी भइ मठिया प्रहरी चौकीमा कार्यरत रञ्जित कुमार यादव छन् ।

उनको काखीदेखि तिघ्रासम्म चोट लागेको छ ।

प्रहरी चौकीलाई लक्षित गरी प्रहर गरिएको बम विस्फोट हुँदा प्रहरी चौकी नजिकै चउरमा चरिरहेको बाख्रा मरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बम विस्फोटमा प्रयोग भएको मोटरसाइकलका चालक भारतको ढाका घर बताउने २५ वर्षी चन्दन कुमारलाई पक्राउ गरेको छ ।

बम विस्फोट भएको प्रहरी चौकीदेखि करिब १ किलोमिटर दक्षिणतर्फ नेपाल भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकीमा बम आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट एकजना प्रहरी निरीक्षक (इन्सपेक्टर)को कमाण्डमा १० जनाको टोली परिचालन गरिएको जनाइएको छ ।

मठिया प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी कर्मचारीका अनुसार मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा प्रहरी चौकीमा विस्फोट भएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ३ : ०१ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका