हरेक वर्ष छोरीको कुमारीत्व परीक्षण गराउँने गायक « Khabarhub

हरेक वर्ष छोरीको कुमारीत्व परीक्षण गराउँने गायक


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकन र्‍यापर तथा कलाकार टीआईले हालै दिएको एक अन्तरवार्तामा आफ्नो छोरीका बिषयमा विवादास्पद बयान दिएका छन् ।

लेडिज लाइक अस नामक पोडकास्टलाई दिइएको अन्तरवार्तामा उनले हरेक वर्ष छोरीको कुमारीत्व परीक्षण गर्ने गरेको बताएका हुन् ।

३९ वर्षीय र्‍यापर टीआईलाई अन्तरवार्तामा उनकी छोरीको बारेमा प्रश्न गरिएको थियो । जसमा अभिभावकको हिसाबमा छोरीसँग कतिको खुलेर कुरा हुन्छ, के उनलाई यौनका बारेमा आवश्यक जानकारी दिनुहुन्छ भनेर सोधिएको थियो । जसमा उनले छोरीसँग सामान्य यौनका कुरा भएपनि हरेक वर्ष छोरीको कुमारीत्व परीक्षण गर्दै आएको बताएका थिए ।

टिआईका अनुसार हरेक वर्ष स्त्री रोग विशेषज्ञद्वारा आफ्नो छोरीको कुमारीत्व परीक्षण गराउँछन् । अन्तरवार्ताका प्रस्तोताले उनको जवाफ सुनेपछि छोरीको निजी बिषयमा यसरी हस्तक्षेप गर्नु उनीमाथि कैदीको झै ब्यवहार हुने बताए ।

तर टिआईले यसो गर्नुको पछाडि कुनै गलत मनसाय नभएको भन्दै आफ्नो सन्तानले सही उमेरमा मात्र यौनका बिषयमा चासो दिउँन् र यसलाई गम्भिरतापूर्वक लिउँन् भन्ने चाहेको बताए ।

टीआईकी ठूली छोरी डीजेह हैरिस १८ वर्षकी मात्र छिन् । उनी अहिले उच्च माध्यमिक तहमा अध्ययन गर्दैछिन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ३ : ०४ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री