दक्षिण एशियामैत्री सङ्गठन मञ्चको छैठौँ सम्मेलन काठमाडौंमा « Khabarhub

दक्षिण एशियामैत्री सङ्गठन मञ्चको छैठौँ सम्मेलन काठमाडौंमा


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन–दक्षिण एशिया मैत्री सङ्गठन मञ्चको छैटौँ सम्मेलन मंगलबारदेखि काठमाडौँमा शुरु भएको छ ।

दक्षिण एशिया र चीनबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्यले प्रत्येक दुई/दुई वर्षमा आयोजना गरिने सो सम्मेलन दोस्रो पटक नेपालमा आयोजना भएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सम्मेलनको शुभारम्भ गरे । परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेलले दक्षिण एशिया र चीनबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको र यस्ता कार्यक्रमले सम्बन्धलाई थप मजबुत बनाउन सहयोग मिल्ने बताए ।

अन्य देशसँगको मैत्री सम्बन्धका लागि चोककिङ जनसङ्घ, चीन (सिपिएएफएफसी) का उपाध्यक्ष लिन यीले चीन विगतदेखि नै दक्षिण एशियाका देशसँगको हार्दिकपूर्ण सम्बन्धको पक्षमा रहेको बताए ।

यस्ता मञ्चहरुले जनतादेखि जनतासम्म पुग्न थप बढावा मिल्ने उनको भनाइ थियो ।

श्रीलङ्का–चीन सामाजिक तथा सांस्कृतिक सहकार्य सङ्घका अध्यक्ष इन्द्रानन्दा अबिसेकरले यस सम्मेलनले चीन र दक्षिण एशियाका नागरिक एक अर्कासँग घुलमिलको वातावरण बनेको बताए ।

सोमबार चीन र दक्षिण एशियाली देशका प्रतिनिधि काठमाडौँ आएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ४ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै