शिल्पा पोखरेलको रिट खारेज, प्रहरीलाई पक्राउ गर्न बाटो खुल्यो « Khabarhub

शिल्पा पोखरेलको रिट खारेज, प्रहरीलाई पक्राउ गर्न बाटो खुल्यो


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेलले दायर गरेको निषेधाज्ञाको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा मनोज शर्माको मंगलबारको इजलाशले पोखरेलले दायर गरेको निषेधाज्ञाको रिट खारेज गरिदिएको हो ।

जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जीविरुद्ध उच्च पछि सर्वोच्च पुगेकी शिल्पाको रिट खारेज भएको हो । सर्वोच्चले रिट खारेज गरेसँगै प्रहरीका लागि शिल्पालाई पक्राउ गर्ने बाटो खुलेको छ ।

निर्माता छबि ओझासँग विवाह गरेकी शिल्पाविरुद्ध छबिकी पूर्व पत्नी हेमा ओझाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

हेमाको उजुरीपछि महानगरीय प्रहरी बृत्त गौशालाले काठमाडौं जिल्ला अदालतबाट शिल्पालाई पक्राउ गर्न अनुमति लिएको थियो ।
तर, शिल्पाले काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीविरुद्ध उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेकी थिइन् ।

उच्च अदालत पाटनले काठमाडौं जिल्लाको आदेशलाई सदर गरेपछि शिल्पा वारेशमार्फत सर्वोच्च पुगेकी थिइन् ।

सिल्पाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ४ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको