अनमोलले ‘धुपौरे’ छाडेका छैनन्: निर्देशक | Khabarhub Khabarhub

अनमोलले ‘धुपौरे’ छाडेका छैनन्: निर्देशक


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसै हप्ता चलचित्र ‘धुपौरे’ बाट अनमोल केसीले हात झिकेको खबर केही मिडियामा छापियो । फिल्मको स्किृप्टमा चित्त नबुझेपछि अनमोलले यो फिल्मबाट हात झिकेको चर्चा थियो ।

निर्देशक साम्तेन भुटियाले भने अनमोलले फिल्म नछोडेको बताएका छन् । मंगलबार राजधानीमा भेटिएका भुटियाले खबरहबसँग कुराकानी गर्दै अनमोलले ‘धुपौरे’ मा काम नगर्ने खबर निराधार भएको बताए ।

‘यस्ता खबर कहाँबाट चल्छन् भन्ने नै थाहा नहुने रहेछ, मैले पनि बुझ्न सकेको छैन, समाचार आएपछि मलाई फोन आउन शुरु भयो,’ निर्देशक भुटियाले भने, ‘खबर फैलिएपछि मैले अनमोललाई नै सोधेँ, उनी आफै अचम्म मानिरहेका थिए ।’

भुटियाले यो प्रोजेक्ट निर्धारित मितिभन्दा केही पर सरेको भने बताए । ‘प्रोजेक्टका लागि अझै केही कुरा भनेजस्तो नहुँदा हामी केही पछाडि सरेका हौँ, तर अनमोलले यो फिल्म गर्छ,’ उनले भने ।

साम्तेन भुटियालाई राम्रा निर्देशकका रुपमा लिने गरिन्छ भने अनमोललाई पनि स्टारडम भएका अभिनेताका रुपमा लिने गरिन्छ । त्यसैले यो फिल्म अनमोलका अन्य फिल्मको तुलनामा केही फरक हुने धेरैको आँकलन थियो ।

फिल्ममा अनमोलले एक जुवाडे युवकको भूमिका निभाउनेछन् । खबरका अनुसार उनले सोही फिल्मका लागि तास पनि सिकिरहेका छन् ।

एक्सन लभस्टोरी फिल्म भनिएको ‘धुपौरे’ मा जयन श्रेष्ठको निर्माण रहनेछ । फिल्ममा प्रमोद अग्रहरीको समेत अभिनय रहने खबर छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ४ : ५५ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून