‘बुलबुल’का चोपेन्द्रले ‘अन्तरे’ खेल्ने « Khabarhub

‘बुलबुल’का चोपेन्द्रले ‘अन्तरे’ खेल्ने


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘बुलबुल’ फिल्ममा चोपेन्द्रको भूमिका निभाएर चर्चामा आएका मुकुन भुसालले फिल्म ‘अन्तरे’ मा अभिनय गर्ने भएका छन् । फिल्मलाई सत्यराज चौलागाई‌ंले निर्देशन गर्दैछन् ।

फिल्ममा अन्तरेको भूमिका अभिनेता मुकुन भुसालले निभाउनेछन् । निर्माण टिमका अनुसार फिल्ममा यस्तै कथा चाहिएकाले मुकुनलाई फाइनल गरिएको हो । यता मुकुनले पनि यो फिल्ममा अभिनय गर्न पाउँदा खुशी लागेको बताए ।

‘मैले जे खोजेको थिएँ, यो फिल्ममा त्यही पाएँ’ अभिनेता मुकुन भुसालले भने, ‘मैले मेरो आफ्नो पात्र मात्र हेरिन, पुरै स्क्रिप्ट पढेँ, स्क्रिप्टमा जे लेखिएको छ पूरै चलचित्रमा देखाउन सकिने गरी लेखिएको छ ।’

निर्देशक चौलागाईंका अनुसार फिल्ममा चरित्र बुझाउन सक्ने अन्य कलाकारहरु छनोटको काम भइरहेको छ ।

यो फिल्म रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुनेछ । यस्तै फिल्ममा राज पण्डित र सुबास राईले लगानी रहनेछ । निर्माण टिमका अनुसार फागुनको पहिलो साताबाट फिल्म फ्लोरमा जानेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : १७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी