नेपाल बैंकले ल्यायो दुई नयाँ योजना | Khabarhub Khabarhub

नेपाल बैंकले ल्यायो दुई नयाँ योजना


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३औँ वर्ष प्रवेशका अवसरमा विभिन्न योजना अगाडि सारेको छ ।

बैंकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बैंकले ‘ग्रिन सेभिङ निक्षेप योजना’ र ‘सुलभ आवास कर्जा योजना’ अगाडि सारेको हो ।

बैंकले ग्रिन सेभिङ निक्षेप योजनामा सहभागी हुनेलाई रु ५० हजारसम्मको औषधोपचार सुविधा, रु ५० लाखसम्मको दुर्घटना बीमालगायतका सुविधा प्राप्त गर्नेछन् । न्यूनतम मौज्दातमा रु २५ हजारमा बचत खाता खोल्न सकिने सो योजनामा सहभागी हुने निक्षेपकर्तालाई ६ दशमलव ५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।

सो योजनाअन्तर्गत सङ्कलन हुने निक्षेपको रकम बैंकले नवीकरणीय ऊर्जा तथा वातावरणमैत्री क्षेत्रमा प्रवाह गर्नेछ । बैंकले ल्याएको यस योजनाले ग्राहकको आर्थिक हित प्रवद्र्धन गर्नाका साथै नागरिकमा वातावरणीय सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।

यस्तै बैंकले सुलभ आवास कर्जा योजनाअनुसार बैंकको आधार ब्याजदरमा थप एक–दुई प्रतिशतसम्म किस्ता थप गरी न्यूनतम पाँच वर्षदेखि २० वर्षसम्मको अवधिका लागि आवास कर्जा प्राप्त गर्न सक्नेछन् । सो योजनामा ग्राहकले अग्रिम भुक्तानी शुल्क तिर्नुपर्ने छैन । ग्राहकले आनै जग्गामा घर निर्माण गर्न, घर खरीद गर्न, घर मर्मतसम्भारका लागि सुलज ब्याजदरमा कर्जा प्राप्त गर्नेछन् ।

बैंकको हाल सात प्रदेशका ६३ जिल्लामा रहेका १६७ शाखा, २३ एक्सटेन्शन काउन्टर, १०२ एटिएम सञ्चालनमा छन् । बैंकले कूल १७ लाख ग्राहकलाई सेवा दिएको छ ।

चालू आवको प्रथम त्रैमासको अन्त्यसम्म बैंकमा निक्षेप रु एक खर्ब १७ अर्ब तथा कर्जा रु ९८ अर्ब ४६ करोड रहेको छ । सो अवधिमा बैंकले रु ५८ करोड १८ लाख खुद मुनाफा आर्जन गरी अधिकांश वित्तीय सूचक सकारात्मक रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ४५ बजे

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए 

म्याग्दी– म्याग्दीमा उत्पादन हुने कोदोका परिकारको विविधिकरण र बजारीकरण हुन

गफ जोतेर जीविका चलेको मुलुक !

हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ ।

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि…

पर्वत– सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

सुर्खेत– डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि

शहरी विकास मन्त्रालयले आज क्रिकेट मैदानको प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गर्दै

काठमाडौं – शहरी विकास मन्त्रालयले आज त्रिवि क्रिकेट मैदानको प्यारापिट