सोमबारको उत्साह टिकेन : नेप्से पुनः ओरालो « Khabarhub

सोमबारको उत्साह टिकेन : नेप्से पुनः ओरालो


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ ।

सोमबार दोहोरो अङ्कले उकालो लागेको बजारको वृद्धि मंगलबार भने कायम हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ५.६१ विन्दुले घटेर एक हजार १३९.९६ विन्दुमा कायम भयो ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ०.७३ विन्दुले घटेर २५१.५७ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकममा भने औसतमा नै रहेको छ । कूल १६१ कम्पनीको १० लाख ८२ हजार ८१५ कित्ता शेयर रु ३७ करोड ९८ लाख ४९ हजार ४३५ मूल्यमा खरीद–बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज उत्पादन समूहको मात्रै शेयर बढेको छ । सो समूहको शेयर ९.१८ विन्दुले बढ्दा बैंकिङ ५.३१, होटल १३.०५, विकास बैंक १३.१८, जलविद्युत् ६.९२, वित्त ३.६८, निर्जीवन बीमा ५५.८९, अन्य ०.०६, लघुवित्त १०.९९, जीवन बीमा ५.२५ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ ।

उत्पादन समूहतर्फको हिमालयन डिस्टिलरीको सबैभन्दा बढी कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६ करोड ९७ लाख ४० हजार ३५८ मूल्य बराबरको शेयर कारोवार भयो ।

यस्तै एनएमबी बैंक रु ६ करोड ४५ लाख ५८ हजार ९०१, चिलिमे जलविद्युत् कम्पनी रु दुई करोड ५० लाख एक हजार ९४०, नबिल बैंक रु एक करोड ६० लाख ९८ हजार २५७, कुमारी बैंक लिमिटेडको संस्थापक शेयर रु एक करोड २५ लाख ४० हजार, प्रभु बैंक रु एक करोड सात लाख ४९ हजार ७९४ र एनसिसी बैंकको रु ९५ लाख १० हजार ६९४ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार आज हिमालयन डिस्टिलरीको प्रतिशेयर रु १२९ ले बढेको छ । कारोवारका आधारमा शीर्ष स्थानमा रहेको सो कम्पनीका शेयरधनीले आज ७.५४ प्रतिशतले कमाएका छन् । यस्तै घोडाघोडी लघुवित्त ५.८३, सबैको लघुवित्त वित्तीय संस्था ५.२०, नेपाल इन्भेस्टमेन्ट बैंक ३.१५, युनिभर्सल पावर २.६३, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक १.९५ र गणपति माइक्रोफाइनान्सका शेयरधनीले १.६९ प्रतिशतले कमाए ।

त्यस्तै जोशी हाइड्रो पावर ५.०८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ४.९९, नयाँ नेपाल लघुवित्त विकास बैंक ४.२८, विजय लघुवित्त वित्तीय संस्था ४.१३, आइएमई जनरल इन्सुरेन्स ४.०४ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले चार प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ४३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार