प्रभु बैकको शेयर मूल्य समायोजन « Khabarhub

प्रभु बैकको शेयर मूल्य समायोजन


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्स्चेञ्जले प्रभु बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजित शेयरमूल्य प्रति कित्ता २३० रुपैयाँ १७ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरिएको हो । बैंकले मंसिर ६ गतेका लागि साधारणसभा बोलाइसकेको छ ।

जुन बैठकले बैकको लाभांश पारित गर्नेछ । मंसिर ६ गते अठारौँ वार्षिक साधारण सभा बोलाएको बैकले कार्तिक २६ गतेदेखि शेयरधनी पुस्तिका बन्द गरेको छ ।

साधारण सभाले बैंकको हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतले हुने रकम १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम ७ करोड ४८ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने बैकले जनाएको छ ।

८ अर्ब ८९ करोड २६ लाख चुक्तापूँजी रहेको बैकको बोनस शेयर वितरणपछि १० अर्ब ३१ करोड ५५ लाख पुग्ने देखिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ९ : ०९ बजे

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने