चीन-भारतको बढ्दो शक्ति र नेपालको कूटनीति | Khabarhub Khabarhub

चीन-भारतको बढ्दो शक्ति र नेपालको कूटनीति


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालको राजनीतिले फेरि नयाँरुप र रङ्ग देखाउन थालेको छ। नेपालको राजनीतिको सप्तरङ्गी चाला भारतको बढदो शक्तिको शामु नाङ्गिने अवस्थामा पुगेको देखिन्छ।

चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको शितलताले पनि नेपालका शासकलाई टोक्ने कि बोक्ने हालतमा पुर्‍याउन थाले जस्तो देखिन्छ।

छोटकरीमा भन्दा नेपालको राजनीति जङ्गलबाट शुरु भएर सडकमा रोकिएको राजनीति सडकबाट माथि उठ्न सकेको छैन । जुन पछिल्लो घटनाक्रमले छर्लंग पारिदिएको छ ।

पहिलो कुरो – भारतले लिपुलेक भारतको नक्सामा गाभेर छापिदियो, पहिले नेपाली जनता तिलमिलाएर उठे, सरकारलाई नाक जोगाउन हम्मे हम्मे पर्यो। यो त राजा महेन्द्रको पालादेखि नै त्यस्तो थियो भनेर सरकारले आफ्नो बुच्चो हुँदै गएको नाक जोगाउन खोज्यो।

महेन्द्रको पालामा यो नक्सा भित्र पारिएको थिएन। नेपालको नक्सा र भू–भागको जमिनमा भारतीय सेनाले शिविर राख्नु र नेपालको जमिन भारतको नक्सा भित्र गाभिने कुरा बीचको भिन्नता नेपाल सरकारले स्वीकार गर्न चाहेन ।

राजा महेन्द्रले कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुँदा उत्तरी सीमाबाट भारतीय सेनालाई फिर्ता पठाएको कुरा भने सम्झिन चाहेन ।

लिपुलेकमा भारतीय सेना बस्नु र नेपालको नक्सा बाट भारतको नक्सामा गाभिनु नितान्त भिन्न मुद्दा हो। यो नेपालको भु-भागलाई भारतीय भुभाग मा गाभिनु हो। भारतले १९७५ मा सिक्किम बिलय गराउँदा नेपाली बिध्यार्थीहरुले भारतीय दुतावाशमा बिरोध प्रदर्शन र नारा लगाएका थिए।

पाकिस्थानका शासक जिया ऊल हकले जुल्फिकार अलि भुट्टोलाई फाँसी दिँदा पाकिस्थानको राजदूतावासमा नारा लगाएका थिए।

अब नेपालका विद्यार्थी संघ र अरिङ्गालहरुले देशका सडक ताताउँदैमा राजा ज्ञानेन्द्रले नातायणहिटी छाडेको जस्तो गरी भारतले लिपुलेक भारतको नक्सा लिपुलेकबाट खुरुक्क हटाउछ भन्ने भ्रम पालेर बसेका नेपालको सरकार र जनताले हरुवा साँढेको सिगौरी र प्रत्युत्पन्न मति भनेर शत्रु हाँस्ला भन्ने डर लाज नभएपछि कस्को के लाग्छ।

सेनाको ब्यारकमा हमला गर्दा संकटकाल लगाएका थिए। जब नेपाल सशस्त्र युद्धको भुमरीमा पिल्सिँदै थियो, माओवादीका सुप्रिमो प्रचण्ड र बाबुराक भारतको पोएसओको सुरक्षा घेरामा बसेर नेपालको जनयुद्ध हाँक्दै थिए।

भारत सरकारले सीपि गजुरेल र कमरेड किरणलाई भारतमै पक्रेर जेल हाल्यो। मात्रिका यादब र शुरेस आले मगरलाई नेपाल सरकारलाई सुपुर्दगी गर्यो। पटनामा बैठक बसेका माओवादीहरुलाई पक्राउ गर्‍यो।

भारतले माओवादीसँग “चित परे तँ हार्ने, पइट परे म जित्ने” भन्ने शर्त राखे ती प्रचण्ड र बाबुरामा पनि दिल्लीमा पाहुना बनेरै रमाउन थाले ।

सन २००५ मा कुनै बेलामा माओवादीका घोर शत्रु बनेर सरकार चलाउने काँग्रेस र एमाले सहित नेपालका भए भरका सात दल दिल्लीको निम्तो मान्दै बाह्र-बुदेमा हस्ताक्षर गरेर हर्षोल्लास गरी खुबै उत्साहित बने।

नेपाली सेनामा ब्यारेकमा थन्क्याएर अनमिनको ईयान मार्टिनलाई राजा बनाए, प्रचण्डले नेपाली सेनाको काम नभएको भनेर २० हजारमा झार्ने प्रस्ताव गरे । के ती सबै यहि दिनको लागी तैयारी र आजको यो दिनको प्रस्वना थिए?

जाई कटक नगर्नु झिकी कटक गर्नु भनेर सिकाउने पृथ्वीनारायन शाह भन्दा केपुचिन, १७ हजार नेपालीको ज्यानभन्दा १७ धार्नी कीर्तिपुरेको नाकको बढी धाक रवाफ र समाचार बन्न थालेपछि यो देशमा के हुँदैछ भन्ने कुराको बुझ्ने ले त लख खाटिसकेको हुनुपर्छ।

नेपाल जस्तो फुच्चे देशका परराष्ट्रमन्त्री भँगेरा जस्तो फुरु-फुरु नाच्दै अमेरिका, चीन र भारत पुगे, ना-ना थरीको भाषण समझदारीमा मसी चोबे हस्ताक्षर गरे। उनलाई घर बलियो बनाउनु छ भने त आफ्नो कम्पाउन्ड करेसाबारी बारेर राख्नु पर्छ भन्ने हेक्का राख्नुको सट्टा बिदेश घुम्दैमा टाईम बिताए। अब परेको बेलामा यीनै श्रत र साधन हिन सेना र प्रहरीको याद आउन थालेको छ यिनीहरुलाई।

अमेरिका र बेलायतमा संस्थाको नेता बोल्छ, संस्था बोल्दैन किन की संस्थाको व्यक्तित्व हुंदैन। परराष्ट्र न्यायालयले प्रेस बिज्ञप्ति निकाल्छ, हस्ताक्षर गर्ने को नाम थाहा हुँदैन्। राजा ज्ञानेन्द्रले जन-सरोकारका बरेमा बोल्छन, प्रचण्ड नागार्जुन दरबारबाट निकालिदेने धम्कि दिन बेर मान्दैनन् ।

भारतले लिपुलेक खायो भारतका नेतालाई औला ताकेर बोल्न सक्दैनन्, नेपाली जनता सामु साखिल्लो पार्न बोले झैँ गर्छन्। उनलाई राम्रै चेतना छ मोदी ज्ञानेन्द्र शाही होईनन् न त उनि रबि लामोछाने हुन । नाङ्लो ठोकेर हात्ती तर्साउनु र तर्सिने खेल लिपुलेकको मामलामा काम लाग्दैन भन्ने उनलाई राम्रोसँग थाहा छ।

बाबुराम भट्टराई पनि एसडि मुनीलाई गुहार्ने आँट गर्दैनन्। साउथ-ब्लकले नेपालको भुमी खाएकोमा बोल्ने बोलाउने आँट उनीमा पनि जुर्दैन।

जमिन भने देखिने कुरो हो। देखिने कुरो गुम हुनु भन्दा पहिले नदेखिने कुरा गुम हुन थाल्छ। जब नेपालका राष्ट्र-प्रमुखहुने सपना देख्ने र भारतको राजधानीमा बसेर नेपालको शासन र शासकलाई ढाल्न सम्झौता र हस्ताक्षर गर्नु नै नेपालको सार्बभौम शत्तालाई कमजोर पपार्ने र ढाल्ने षडयन्त्रको सुरुवात तिनै नेपालीहरुले गरे जो विगत दश वर्षदेखि शत्तामा हाली मुहाली गर्दैछन् ।

त्यसबेलाम भारतको राष्ट्रिय हित र स्वार्थ बोकेर भारतीयहरु मन-मनै कति खुशी र गद-गद भएका थिए भन्ने कुरा दीर्घ-शुत्री नेपालीहरुले कत्ती बुझेका र कत्तिले जानी जानी बुझ पचाएका थिए होलान, त्यो आज आएर अनुमान गर्न सकिन्छ।

अब तिनैले आफुलाई शत्ता र शासनमा पुर्‍याईदिनेहरु प्रति के कति र कुन मुखले बिरोध र प्रतिरोध गर्न सक्लान भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। मानिसको जात एकातिरको नुन खाँदा त नुनको सोझो गर्ने नसक्नेले दुई देशको दुई जनताको नुन खाएपछि । कसरी सम्भव होला ?

नेपालका राजा बीरेन्द्रले आफ्नो राज्यारोहणको क्रमदोनमा नै विश्व सामु नेपाललाई शान्ति-क्षेत्र घोषणा गर्ने आँट गरेका थिए। २०४९ सालमा राष्ट्रिय मुलनीति भनेर सुरक्षा डक्ट्रिन छापेर जनता समक्ष पुर्‍याएका थिए। यी उदाहरणीय लाग्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ८ : ५८ बजे

एक न्यायमूर्तिको बकपत्र : मेरो इमान इज्जतले हार खायो

काठमाडौं- सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको मृत्युको खबर सुनेलगत्तै अधिवक्ता

‘विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारी’ 

काठमाडौं–  उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न

दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो 

सियोल– दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त

सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता

श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

काठमाडौं– संघीय संसद्को संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा प्रस्तावित पूर्णबहादुर