चिसोको समयमा यी हुन् स्वास्थ्यमा देखिने समस्या, यसरी जोखिनुस् | Khabarhub Khabarhub

चिसोको समयमा यी हुन् स्वास्थ्यमा देखिने समस्या, यसरी जोखिनुस्


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात सँगै हल्ला वर्षा शुरु भएको मौसमविद्ले जनाएका छन् ।

राजधानीलगायत देशका विभिन्न भागमा चिसो बढेको छ ।

जाडो मौसम सुरु भएसँगै चिसोका कारण शरीरमा विभिन्न खाले समस्या आउँछन् । जाडोको कारण सामान्य रुघाखोकी देखि एलर्जी, दम लगायतको समस्या बढ्छ । जाडोको समयमा मुटुका बिरामीले आफुलाई न्यानो राख्नुपर्छ । चिसोबाट बालबालिका र वृद्धवृद्धालाई बचाउँनुपर्छ ।

जाडोमा हुन्छ यस्तो रोगको जोखिम

एलर्जी
–चिसोका कारण धेरै मानिसमा शरीरमा एलर्जी हुने गर्छ । सो एलर्जीले दम, रुघाखोकी लगायतको समस्या उत्पन्न हुन्छ । पहिला नै दमको समस्या भएका मानिसमा दमको समस्या झनै बढेर जान्छ । त्यसैले चिसोबाट हुने एलर्जीबाट बच्न न्यायो लुगा लगाउनुपर्छ । मनतातो पानी पीउने र धेरै चिसो भएमा घरभित्र नै न्यानो भएर बस्नुपर्छ ।

छालाको समस्या
चिसोका कारण् देखिने समस्यामध्ये अर्को प्रमुख समस्या हो छालाको समस्या । चिसोका कारण छाला फुट्ने र नरमपना हराएर छाला खस्रो हुने समस्या देखिन्छ ।  चिसोका कारण छाला फुट्ने समस्याबाट बच्न ग्लिसिरिनको प्रयोग गर्नुपर्छ । यस्तै मनतातो पानीले नुहाउने, शरीरमा तेल वा मोइस्चराइजर क्रिम लगाउने गर्दा छाला फुट्ने समस्याबाट केही राहात मिल्न सक्छ ।

हाइपोथर्मिया

जाडो मौसममा चिसोका कारण शरीरको तापक्रम कम हुने गर्छ । यसलाई सामान्य भाषामा ‘हाइपोथर्मिया’ भनिन्छ । विशेष गरी वृद्धवृद्धामा यो समस्या धेरै हुने भएकाले जाडो मौसममा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्छ । वृद्धवृद्धालाई न्यायो पारेर राख्नुपर्छ । यदी न्यायोमा राख्दा पनि शरीरको तापक्रम घट्दै गयो र शरीर कडा हुँदै गयो भने तत्काल चिकित्सकका लैजानु उचित हुन्छ । यसबाहेक अन्य मानिसलाई पनि कहिलेकाहीँ चिसोका कारण शरीरको तापक्रम कम हुने समस्या देखा पर्छ । त्यो अवस्थामा यदि शरीरको तापक्रम निकै नै घटेको देखिएमा तुरुन्त चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्ने हुन्छ ।

मुटुसम्बन्धी समस्या

चिसो मौसमले मुटुलाई समेत असर गर्ने हुँदा चिसोबाट जोगिनु जरुरी छ । चिसोले मुटुमा सिधै असर पुर्‍याउँछ । चिसोका कारण रक्तनली साघुँरिएर यसले रक्त प्रवाहमा असर पार्छ र यसले हृदयाघातको सम्भावना बढेर जान्छ । यसबाट बच्न धेरैबेरसम्म चिसोमा बस्नु हुँदैन । बस्नै परे पनि न्यायो लुगा लगाउनुपर्छ ।

रुघाखोकी र ज्वरो

चिसो मौसमका कारण मानिसलाई दम, रुघाखोकी, ज्वरो लगायतको समस्या उब्जने गर्छ । चिसो मौसममा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने हुँदा यसले शरीरमा विभिन्न रोग निम्त्याउने गर्छ । चिसोकै कारण मानिसहरु एक आपसमा टाँसिएर बस्नाले पनि रुघाखोकी तथा ज्वरो सजिलै सर्छ ।त्यसैले चिसो भएमा आफुलाई न्यानोमा राख्नुपर्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ११ : ४८ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा