गृहमन्त्री बादलको घोषणा– विप्लव समूह छिन्नभिन्न भयो « Khabarhub

गृहमन्त्री बादलको घोषणा– विप्लव समूह छिन्नभिन्न भयो


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)लाई छिन्नभिन्न पारेको भन्दै प्रहरीको प्रशंसा गरेका छन् ।

प्रहरीसँगै सुरक्षा निकायको सक्रियताका कारण विप्लव समूह छिन्नभिन्न भएको गृहमन्त्री बादलको विश्लेषण छ ।

शुक्रबार काठमाडौंमा आयोजित नयाँ ब्याजका प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले विप्लव समूह अब छिन्नभिन्न भइसकेको घोषणा समेत गरे ।

‘शान्ति सुरक्षामा खलल पुर्‍याउने समूहविरुद्ध प्रहरी र सुरक्षा निकायको कारबाहीले प्राप्त गरेको सफलताबाट त्यो समूहका गतिविधि छिन्नभिन्न भएको छ,’ गृहमन्त्री बादलले विप्लव समूहको नामै नलिइ भने ।

गृहमन्त्री थापाले अझै पनि केही आपराधिक, विखण्डकारी र प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरु सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुर्‍याउन सक्रिय रहेको उल्लेख गर्दै त्यस्ता समूहको सुक्ष्म विश्लेष गरी योजनाबद्ध रुपमा कारबाहीमा उत्रिन पनि प्रहरीलाई निर्देशन दिए ।

प्रहरीले इमान्दारितापूर्वक बगाएको पसिना र रगतको सरकारले उचित मूल्याङ्कन गर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले निर्धक्क भएर जिम्मेवारी निर्वाह गर्न पनि प्रहरीलाई नेतृत्वसहित कर्मचारीलाई निर्देशन दिए ।

गृहमन्त्री थापाले पछिल्लो समय प्रहरीको काम प्रशंसनीय भएको उल्लेख समेत गरे । यद्यपि प्रहरीको आचरण र व्यवहार सामाजिक मूल्य र मान्यताअनरुपको हुनुपर्ने पनि गृहमन्त्री थापाले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १२ : १७ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।