वर्षाका कारण सवारी दुर्घटना बढेपछि ट्राफिकले गर्‍यो यस्तो अनुरोध « Khabarhub

वर्षाका कारण सवारी दुर्घटना बढेपछि ट्राफिकले गर्‍यो यस्तो अनुरोध


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा हुने मौसमविदहरुले पनि जनाएका छन् ।

पश्चिमी वायुको प्रभावसँगै देशका विभिन्न स्थानमा परेको पानीले जनजीवन प्रभावित भएको छ भने पानी परेका कारण सडक दुर्घटनासमेत बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

वर्षाका कारण सडकमा दुई पांग्रे सवारीसाधन चिप्लिएर बढी दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

यात्रा सुरक्षित बनाउनका लागि महाशाखाले दुई पांग्रे र अन्य सवारीसाधनलाई समेत सावधान भएर सवारी चलाउन अनुरोध गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार वर्षातमा सवारी चलाउँदा अपनाउनुपर्ने सुरक्षाका उपायहरु :

सवारी साधन चलाउनुअघि वाइपर र हेडलाइट जाँच गराउनुस्

दृश्यता कम भएको खण्डमा हेडलाइट प्रयोग गर्नुस् ।

सवारीको गति कम गर्नुस् ।

पानीले भिजेको सडकमा ब्रेक कम लाग्न सक्छ र सवारी साधन अनियन्त्रित हुन सक्छन् ।

ब्रेकिङ दुरी बढाउनुस् ।

सडकमा ध्यान मोडिने कार्य नर्गनुस् ।

सवारी चलाउँदा मोवाइ वा ट्यावलेट प्रयोग नगर्नुहोस् ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १२ : ३१ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने