अब ट्याक्सी खोज्न धाउन नपर्ने, ट्याक्सीमाण्डु एप सार्वजनिक « Khabarhub

अब ट्याक्सी खोज्न धाउन नपर्ने, ट्याक्सीमाण्डु एप सार्वजनिक


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाई ट्याक्सीको खोजीमा शहरका चोकचोक धाइरहनु भएको छ ? भने अव त्यसबाट मुक्त हुनुहास् । प्रविधीको प्रयोग गर्नुहोस् र ट्याक्सीको खोजी गर्नुहोस् । यसका लागि एक एप सार्वजनिक भएको छ ।

ट्याक्सीमाण्डु सर्भिस प्र्रालिले ‘ट्याक्सीमाण्डु एप’ सार्वजनिक गरेको हो ।

पछिल्लो समय प्रविधिले फड्को मारेको छ । मानिसका हरेक काम प्रविधिले सहज बनाइदिएको छ । चाहे सपिङ गर्न होस् या अरु कुनै पनि कारोबार गर्न होस् विभिन्न एपहरुले त्यसलाई सजिलो गरिदिएको छ ।

पछिल्लो समय यात्रु्हरुको सहजताका लागि पनि विभिन्न एपहरु संचालनमा आएका छन् । जसले मानिसको दैनिक यात्रालाई सहज बनाएको छ ।

यस्तै एपहरुको भिडमा एउटा नयाँ एप सार्वजनिक गरिएको छ, ट्याक्सीमाण्डु । ‘फील सेफ राइड अन टाइम’ स्लोगनकासाथ संचालनमा ल्याइएको यो एप परम्परागत ट्याक्सी व्यवसायमा प्रविधिको प्रयोग गरी सहज रुपमा ट्याक्सी चालक र यात्रुबीच समन्वय गराउने उद्देश्यले संचालनमा ल्याइएको हो । यो एपको संचालनसँगै अब काठमाडौंका ट्याक्सीहरुको खोजी गर्न सहज हुनेछ ।

यो एपले ग्राहक खोज्दै भौतारिनुपर्ने ट्याक्सी चालकहरुको समस्याको सामाधान हुने विश्वास गरिएको छ । त्यस्तै यात्रुहरुले पनि ट्याक्सी खोज्न सडकमै भौतारिनुपर्ने समस्याको यसले अन्त्य गर्नेछ । यात्रुहरुले अब आफूले चाहेको स्थानबाटै ट्याक्सी बुक गर्न सक्नेछन् ।

यसकालागि ट्याक्सी चालक र यात्रुहरुका लागि छुट्टा छुट्टै एप संचालनमा ल्याइएको छ । चालकले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरमा गएर ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर नामक एप डाउनलोड गर्नु पर्नेछ ।

त्यस्तै भिजिट नेपाल २०२० का लागि पनि ट्याक्सीमाण्डु एपले पूर्णरुपमा सहयोग पुग्ने संचालकले बताएका छन् ।

उपत्यका आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले ट्याक्सीको प्रयोग गर्ने भएकाले त्यसका लागि ट्याक्सीमाण्डु भरपर्दो माध्यम बन्ने एपका संचालक स्वीटी टि. खत्रीले जानकारी दिए ।

चालक र यात्रु दुवैको सुरक्षा

यो एप सुरक्षाका दृष्टिकोणले एकदमै संवेदनशील रहेको छ । यो एपको प्रयोगबाट ट्याक्सीमा हुन सक्ने सम्भावित अपराधको घटनामा नियन्त्रण गर्न सकिने संचालक स्वीटीले बताइन् ।

यस एपमा दर्ता हुने ट्याक्सी चालक र यात्रुहरुको नागरिकता, सवारी चालक अनुमतिपत्र तथा फोन नम्बरसहितको सम्पूर्ण अभिलेख राखिन्छ’ उनले भनिन्, ‘यसले चालक वा यात्रुहरुबाट हुनसक्ने गैर कृयाकलापको अनुगमन गर्न र नियन्त्रणमा लिन प्रशासनलाईसमेत सहज हुन्छ ।’

ट्याक्सी चालक र यात्रुलाई विशेष सुविधा

ट्याक्सीमाण्डु एपले आफ्नो औपचारिक घोषणासँगै ह्याम्स अस्पताल र इसेवाबीच सम्झौता पनि गरेको छ । जसले ट्याक्सी चालकलाई विभिन्न सेवा उपलब्ध गराउने ट्याक्सीमाण्डु एपका प्रबन्ध निर्देशक अर्जुन केशीले जानकारी दिए ।

‘हामीले चालकको सेवा सुविधाका लागि ह्याम्स अस्पताल र इसेवासँग पनि सम्झौता गरेका छौं’ उनले भने ‘सम्झौताअनुसार ट्याक्सीमाण्डुमा दर्ता हुने चालकहरुले ह्याम्स अस्पतालमा उपचारमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट पाउनेछन् ।’

त्यस्तै यो एपको प्रयोग गर्ने चालक र यात्रुले इसेवाबाट पे गर्दा ५ प्रतिशत क्यासब्याक पाउने उनको भनाइ छ ।

त्यस्तै एक महिनामा धेरै यात्रु बोक्ने ट्याक्सीलाई पेट्रोल हालिदिने र वर्षमा धेरै यात्रु बोक्ने ट्याक्सीको कर तिरीदिने प्रबन्ध निर्देशक केशीले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १२ : ४३ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ