अब ट्याक्सी खोज्न धाउन नपर्ने, ट्याक्सीमाण्डु एप सार्वजनिक | Khabarhub Khabarhub

अब ट्याक्सी खोज्न धाउन नपर्ने, ट्याक्सीमाण्डु एप सार्वजनिक


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाई ट्याक्सीको खोजीमा शहरका चोकचोक धाइरहनु भएको छ ? भने अव त्यसबाट मुक्त हुनुहास् । प्रविधीको प्रयोग गर्नुहोस् र ट्याक्सीको खोजी गर्नुहोस् । यसका लागि एक एप सार्वजनिक भएको छ ।

ट्याक्सीमाण्डु सर्भिस प्र्रालिले ‘ट्याक्सीमाण्डु एप’ सार्वजनिक गरेको हो ।

पछिल्लो समय प्रविधिले फड्को मारेको छ । मानिसका हरेक काम प्रविधिले सहज बनाइदिएको छ । चाहे सपिङ गर्न होस् या अरु कुनै पनि कारोबार गर्न होस् विभिन्न एपहरुले त्यसलाई सजिलो गरिदिएको छ ।

पछिल्लो समय यात्रु्हरुको सहजताका लागि पनि विभिन्न एपहरु संचालनमा आएका छन् । जसले मानिसको दैनिक यात्रालाई सहज बनाएको छ ।

यस्तै एपहरुको भिडमा एउटा नयाँ एप सार्वजनिक गरिएको छ, ट्याक्सीमाण्डु । ‘फील सेफ राइड अन टाइम’ स्लोगनकासाथ संचालनमा ल्याइएको यो एप परम्परागत ट्याक्सी व्यवसायमा प्रविधिको प्रयोग गरी सहज रुपमा ट्याक्सी चालक र यात्रुबीच समन्वय गराउने उद्देश्यले संचालनमा ल्याइएको हो । यो एपको संचालनसँगै अब काठमाडौंका ट्याक्सीहरुको खोजी गर्न सहज हुनेछ ।

यो एपले ग्राहक खोज्दै भौतारिनुपर्ने ट्याक्सी चालकहरुको समस्याको सामाधान हुने विश्वास गरिएको छ । त्यस्तै यात्रुहरुले पनि ट्याक्सी खोज्न सडकमै भौतारिनुपर्ने समस्याको यसले अन्त्य गर्नेछ । यात्रुहरुले अब आफूले चाहेको स्थानबाटै ट्याक्सी बुक गर्न सक्नेछन् ।

यसकालागि ट्याक्सी चालक र यात्रुहरुका लागि छुट्टा छुट्टै एप संचालनमा ल्याइएको छ । चालकले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरमा गएर ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर नामक एप डाउनलोड गर्नु पर्नेछ ।

त्यस्तै भिजिट नेपाल २०२० का लागि पनि ट्याक्सीमाण्डु एपले पूर्णरुपमा सहयोग पुग्ने संचालकले बताएका छन् ।

उपत्यका आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले ट्याक्सीको प्रयोग गर्ने भएकाले त्यसका लागि ट्याक्सीमाण्डु भरपर्दो माध्यम बन्ने एपका संचालक स्वीटी टि. खत्रीले जानकारी दिए ।

चालक र यात्रु दुवैको सुरक्षा

यो एप सुरक्षाका दृष्टिकोणले एकदमै संवेदनशील रहेको छ । यो एपको प्रयोगबाट ट्याक्सीमा हुन सक्ने सम्भावित अपराधको घटनामा नियन्त्रण गर्न सकिने संचालक स्वीटीले बताइन् ।

यस एपमा दर्ता हुने ट्याक्सी चालक र यात्रुहरुको नागरिकता, सवारी चालक अनुमतिपत्र तथा फोन नम्बरसहितको सम्पूर्ण अभिलेख राखिन्छ’ उनले भनिन्, ‘यसले चालक वा यात्रुहरुबाट हुनसक्ने गैर कृयाकलापको अनुगमन गर्न र नियन्त्रणमा लिन प्रशासनलाईसमेत सहज हुन्छ ।’

ट्याक्सी चालक र यात्रुलाई विशेष सुविधा

ट्याक्सीमाण्डु एपले आफ्नो औपचारिक घोषणासँगै ह्याम्स अस्पताल र इसेवाबीच सम्झौता पनि गरेको छ । जसले ट्याक्सी चालकलाई विभिन्न सेवा उपलब्ध गराउने ट्याक्सीमाण्डु एपका प्रबन्ध निर्देशक अर्जुन केशीले जानकारी दिए ।

‘हामीले चालकको सेवा सुविधाका लागि ह्याम्स अस्पताल र इसेवासँग पनि सम्झौता गरेका छौं’ उनले भने ‘सम्झौताअनुसार ट्याक्सीमाण्डुमा दर्ता हुने चालकहरुले ह्याम्स अस्पतालमा उपचारमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट पाउनेछन् ।’

त्यस्तै यो एपको प्रयोग गर्ने चालक र यात्रुले इसेवाबाट पे गर्दा ५ प्रतिशत क्यासब्याक पाउने उनको भनाइ छ ।

त्यस्तै एक महिनामा धेरै यात्रु बोक्ने ट्याक्सीलाई पेट्रोल हालिदिने र वर्षमा धेरै यात्रु बोक्ने ट्याक्सीको कर तिरीदिने प्रबन्ध निर्देशक केशीले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १२ : ४३ बजे

काँकडभिट्टा नाकाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा पूर्वी नाका

वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकता : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय

नझुकिनुस् रंगीचंगी जंगली च्याउले लिन्छ ज्यान

गएको जेठ ११ गते आइतबार विषाक्त च्याउ खाएर बिरामी परेका

कञ्चनपुरका चार पालिकामा आज सार्वजनिक बिदा

कञ्चनपुर– कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन