पाटनको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरले दियो १ करोड « Khabarhub

पाटनको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरले दियो १ करोड


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँ प्रदान गरेको छ ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जन, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका संयोजकलाई चेक प्रदान गरेका छन् ।

व्यापारीहरुको आराध्यदेव भीमसेन मन्दिरमा २०७२ सालको भुकम्पले क्षति पुर्‍याएको थियो । उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्यापारी र इच्छुक व्यक्तिहरुको आर्थिक सहयोगमा भइरहेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्पदा संरक्षणका लागि स्थानीयबाटै रुपैयाँ संकलन गरेर पुनर्निर्माणको काम थालेको बताए ।

सरकारसँग रुपैयाँ लिएर सम्पदा पुनर्निर्माण गर्दा सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत रहेर टेन्डर प्रक्रिया मार्फत गर्नुपर्ने बताउँदै उनले भने, ‘टेन्डर गर्दा सबैभन्दा कम कबोल गर्नेलाई दिनुपर्छ, ठेकेदारको क्षमता र योग्यतालाई हेरिदैन ।’ महानगर प्रमुख चिरीबाबुले सम्पदा संरक्षण गर्न टेन्डरको विकल्प खोजिनुपर्ने बताउँदै आएका छन् ।

स्थानीय निर्वाचन अघि पुनर्निर्माण सुरु भएका चारवटा मन्दिरको पुनर्निर्माण अहिलेसम्म सम्पन्न नभएको बताउँदै उनले भने, ‘हामीले भीमसेन मन्दिरलाई पाँचै बनाउन नखोजेका हौं ,त्यसैले स्थानीयको सहयोगमा निर्माण गर्न थाल्यौं।’

यसैगरी उद्योग वाणिज्य संघले वाकाथनबाट संकलन गरेको रकम र हिमालयन बैंक लिमिटेडका अध्यक्ष मनोज बहादुर श्रेष्ठले प्रदान गरेको पाँच लाख रुपैयाँ समेत समितिलाई हस्तान्तरण गरिएको छ ।

उनले मन्दिर पुनर्निर्माणका लागि सरकारसँग आवश्यक स्विकृति लिएको बताए । महानगरले मन्दिर निर्माणका लागि उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्षको संयोजकत्व भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन गरेको थियो ।

फाइन आर्ट सिटीको नामले चिनिएको ललितपुरको पहिचान यहाँको सम्पदा हुन् । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो ।

मन्दिर निर्माणका लागि गठन भएको समाजले अर्थ संकलनको लागि असोज महिनामा वाकाथन समेत आयोजना गरेको थियो । व्यवसायी तथा दाताहरुले मन्दिर पुनर्निर्माणको लागि आर्थिक सहयोग गरिरहेको बताउँछन् समितिका संयोजक कृष्ण लागि महर्जन । गएको चैत २४ गतेबाट मन्दिरको गजुर निकाल्ने कामसँगै भीमसेन मन्दिरको पुनिनिर्माणको काम सुरु भएको हो ।

उद्योग वाणिज्य संघले मन्दिर पुनर्निर्माणको लागि १० लाख रुपैयाँ प्रदान गरेको छ । मन्दिरको छानामा सुन लेपनबाहेक झण्डै ४ करोड ९३ लाख रुपैयाँ पुनर्निर्माणमा लाग्न अनुमान गरिएको छ । समितिका अनुसार हालसम्म करीब तीन करोड रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था र कोषहरुबाट केही रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको समितिका संयोजक कृष्णलाल महर्जनले बताए ।

मन्दिर पुनर्निर्माणको लागि आवश्यक प्राविधिक सहयोग काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टले उपलब्ध गराएको छ । महानगरका सल्लाहकार तथा ट्रस्टका डा. रोहितरंजितकारका अनुसार भूकम्पले मन्दिर को भित्ताहरु चर्किका थिए । मन्दिर उत्तर तर्फ ढल्किएको थियो । रंजितकारले मन्दिरको माथिल्लो तल्लाबाट भत्काउने काम भइरहेको बताए ।

‘सावधानीपूर्वक भत्काउनु पर्छ, उनले भने, धेरै सामानहरु पुनःप्रयोग गर्न सकिने हुन्छ तिनको सुरक्षा गर्दै भत्काइरहेका छौं ।’ मन्दिरको जग पनि कमजोर पाइएको उनले बताए ।

‘सबैतिर त होइन, केही ठाउँमा हेर्दा कमजोर देखियो, उनले भने ‘पुरानो जग भत्काउने होइन, त्यसलाईलाई सपोर्ट हुने गरी बनाउनु पर्छ । ’
व्यापारीहरुका आराध्यदेव भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न गर्न दुई बर्ष लाग्ने समितिले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : ३८ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको