हतार छैन उपासनालाई ! « Khabarhub

हतार छैन उपासनालाई !


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका उपासना सिंह ठकुरीले अहिलेसम्म २ फिल्ममा अभिनय गरिन् । उनको डेब्यु फिल्म ‘क्याप्टेन’ खासै नचले पनि चर्चा भने खुबै भयो ।

फिल्ममा उपासनाले देखाएको अभिनय क्षमताको धेरैले तारिफ गरे । उपासनाले ‘क्याप्टेन’ मा अनमोल केसीसँग जोडी बाँधेकी थिइन् भने ‘कबड्डी ३’ मा दयाहाङ राईसँग ।

‘कबड्डी ३’ अभिनय गरेपछि धेरै मेकरको आँखा उपासनामा पर्‍यो । तर, उपासनाले धेरै फिल्ममा काम गर्न चाहिनन् । बरु उनले राम्रो ब्यानरको खोजीमा रहिन् ।

तस्वीर – आर्यन बिमली

कतिपयले त ‘कबड्डी ३’ चल्नुको कारण उपासना र दयाहाङ राई हुन् समेत भन्छन् । यद्यपि फिल्म चल्ने कन्टेन्टका कारणले हो । त्यसको प्रस्तुतीकरणका आधारमा हो ।

जे होस्, उपासनालाई यो फिल्मले पनि स्याबासी दियो । यसको सफलताको ब्याज र वाहवाही उनले अझै पनि पाइरहेकी छिन् । फिल्म रिलिजकै क्रममा उनले देशबाहिर पनि पुगिन् ।

तर, उपासना अब तेस्रो फिल्मका लागि भने आतुर छैनिन् ।

उनी तेस्रो प्रोजेक्ट पनि राम्रो होस् भन्ने चाहन्छिन् । जुन फिल्म पनि सफल बनोस् र सफल फिल्ममा ह्याट्रिक हान्न पाइयोस् ।

अहिलेलाई उपासनाको फ्यान फलोइङ क्रेज ठूलो छ । यो बेलामा उनले राम्रा मात्र फिल्म छानेर त्यही अनुसारको पात्र चयन गर्न सकिन् भने उपासनाको क्रेज धेरै वर्ष रहने पक्का छ ।

तर नेपालमा कलाकारको क्रेज निकै छोटो समयमा रहने र हराउने भइरहन्छ । उपासनाले यसपछि कस्तो फिल्म दिनेछिन्, त्यसले त करिअरलाई प्रभाव पार्ने नै छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ४ : २२ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र