सिमसिमे पानीमा सागमा पदक विजेता खेलाडीलाई नगर परिक्रमा « Khabarhub

सिमसिमे पानीमा सागमा पदक विजेता खेलाडीलाई नगर परिक्रमा


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपले नगर परिक्रमा गराएको छ ।

शुक्रबार ११ बजेबाट नगर परिक्रमा सुरु हुने भनिएपनि बिहानै देखि बर्षा सुरु भएपछि खेलाडीको नगर परिक्रमा प्रभावित बनेको थियो । तर पानी नरोकिएपछि बर्षाकैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको हो ।

पदक विजेता खेलाडीलाई राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव रमेह कुमार सिलवाल र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले खेलाडीलाई माला र अविर लगाएर सम्मान समेत गरे ।

राखेप परिशर त्रिपुरेश्वरबाट सुरु भएको नगर परिक्रमा न्यूरोडभित्र छिरेर भोटाहिटिबाट निस्किँदै रत्नपार्क, प्रदर्शनीमार्ग सिंहदरबार पश्चिम गेट, थापाथली हुँदै त्रिपुरेश्वर पुगेर समापन भएको थियो ।

पानी भिज्दा पनि पदक विजेता खेलाडीहरुको उत्साहमा कमी आएको थिएन । उनीहरु उनीहरुले नेपाल… नेपाल भन्दै नारा समेत लगाएको थिए । नेपालको झण्डा बोक्दै खेलाडी र्‍यालीमा सहभागि भएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ५ : २८ बजे

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले