७ सय विद्यार्थीले एमबीबीएस पढिरहेको मेडिकल कलेज ४२ दिनदेखि ठप्प « Khabarhub

७ सय विद्यार्थीले एमबीबीएस पढिरहेको मेडिकल कलेज ४२ दिनदेखि ठप्प


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–७ सय जना विद्यार्थीले एमबीबीएस पढिरहेको गण्डकी मेडिकल कलेज ४२ दिनदेखि ठप्प छ । सरकारले तोकेको शुल्क ३८ लाख ५० हजार भएपनि गण्डकी कलेजले प्रति विद्यार्थी ५५ लाख ५२ हजार उठाएको पाइएको छ । कलेजले पैसा भुक्तानीको भपाई कापी र चिटमा दिएको नयाँ पत्रिकामा खबर छ । कलेजको बढी असुलीपछि विद्यार्थीले आन्दोलन थालेका छन् । आन्दोलित विदार्थीको माग सबोधन नगरी कलेज सञ्चालक यतिबेला सम्पर्कबिहीन छन् । दिनमा हजारबढी बिरामी आउने अस्पताल अहिले सुनसा नबनेको छ ।

स्थानीय तहमा ९३९ जनप्रतिनिधि रिक्त शीर्षकको समाचारमा देशभरका ७५३ स्थानीय स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त छ। १७५ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन्। यस्तै, कोही जनप्रतिनिधिको निधन भएको र कोही जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि स्थानीय तहमा धेरै पद खाली भएको हो।

निर्वाचन आयोगका अनुसार कुनै तहमा प्रमुखदेखि कुनैमा सदस्यसम्म जनप्रतिनिधि छैनन्। कुल तीन तहका प्रमुख, ३६ वडाध्यक्ष, ८६१ वडा सदस्य र ३९ कार्यपालिका सदस्यको पद खाली रहेको आयोगले जनाएको छ। ०७४ को वैशाख, असार र असोजमा तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा ३५ हजार जनप्रतिनिधि निर्वाचित भएको उल्लेख छ ।

अख्तियारले पूर्वन्यायाधीश र सैनिक अधिकृतमाथि पनि छानबिन गर्ने शीर्षकको समाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वन्यायाधीश र अवकाशप्राप्त सैनिक अधिकारीमाथि पनि छानबिन गर्ने भएको छ। आफ्नै पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिनको नजिरका आधारमा पूर्वन्यायाधीश र सैनिकमाथि पनि छानबिन गर्न अख्तियारलाई बाटो खुलेको हो। यसअघि कानुनी अस्पष्टता रहेको भन्दै उनीहरूविरुद्धका उजुरीमाथि छानबिन गरेको थिएन।

महान्यायाधिवक्ताको कार्यालयले पूर्वआयुक्त पाठकमाथि घुसकाण्ड र अकुत सम्पत्ति आर्जनमा छानबिन गर्न सक्ने कानुनी राय दिएको थियो। सोही रायअनुसार अख्तियारले पूर्वन्यायाधीश तथा सैनिक अधिकारीको सम्पत्ति छानबिन गर्न लागेको हो।

काठमाडौं उपत्यकामा भूमिगत पानीको सतह रित्तिँदै शीर्षकको समाचारमा काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला छैनन्। पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन्। उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो। लामो समयदेखि काठमाडौं‌ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ। जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएको उल्लेख छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ७ : २१ बजे

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येय : सञ्चारमन्त्री खरेल

पाटन–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले  सुशासनमार्फत भ्रष्टाचारको अन्त्य  र

समाजमा महिलामाथि हुने अदृश्य हिंसा अझै उस्तै : न्यायाधीश सपना मल्ल 

काठमाडौं– प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा

चन्द्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अवरुद्ध भएको सडक

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तार : अब कर्णालीका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत– सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा सञ्चालनको