७ सय विद्यार्थीले एमबीबीएस पढिरहेको मेडिकल कलेज ४२ दिनदेखि ठप्प « Khabarhub

७ सय विद्यार्थीले एमबीबीएस पढिरहेको मेडिकल कलेज ४२ दिनदेखि ठप्प


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–७ सय जना विद्यार्थीले एमबीबीएस पढिरहेको गण्डकी मेडिकल कलेज ४२ दिनदेखि ठप्प छ । सरकारले तोकेको शुल्क ३८ लाख ५० हजार भएपनि गण्डकी कलेजले प्रति विद्यार्थी ५५ लाख ५२ हजार उठाएको पाइएको छ । कलेजले पैसा भुक्तानीको भपाई कापी र चिटमा दिएको नयाँ पत्रिकामा खबर छ । कलेजको बढी असुलीपछि विद्यार्थीले आन्दोलन थालेका छन् । आन्दोलित विदार्थीको माग सबोधन नगरी कलेज सञ्चालक यतिबेला सम्पर्कबिहीन छन् । दिनमा हजारबढी बिरामी आउने अस्पताल अहिले सुनसा नबनेको छ ।

स्थानीय तहमा ९३९ जनप्रतिनिधि रिक्त शीर्षकको समाचारमा देशभरका ७५३ स्थानीय स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त छ। १७५ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन्। यस्तै, कोही जनप्रतिनिधिको निधन भएको र कोही जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि स्थानीय तहमा धेरै पद खाली भएको हो।

निर्वाचन आयोगका अनुसार कुनै तहमा प्रमुखदेखि कुनैमा सदस्यसम्म जनप्रतिनिधि छैनन्। कुल तीन तहका प्रमुख, ३६ वडाध्यक्ष, ८६१ वडा सदस्य र ३९ कार्यपालिका सदस्यको पद खाली रहेको आयोगले जनाएको छ। ०७४ को वैशाख, असार र असोजमा तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा ३५ हजार जनप्रतिनिधि निर्वाचित भएको उल्लेख छ ।

अख्तियारले पूर्वन्यायाधीश र सैनिक अधिकृतमाथि पनि छानबिन गर्ने शीर्षकको समाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वन्यायाधीश र अवकाशप्राप्त सैनिक अधिकारीमाथि पनि छानबिन गर्ने भएको छ। आफ्नै पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिनको नजिरका आधारमा पूर्वन्यायाधीश र सैनिकमाथि पनि छानबिन गर्न अख्तियारलाई बाटो खुलेको हो। यसअघि कानुनी अस्पष्टता रहेको भन्दै उनीहरूविरुद्धका उजुरीमाथि छानबिन गरेको थिएन।

महान्यायाधिवक्ताको कार्यालयले पूर्वआयुक्त पाठकमाथि घुसकाण्ड र अकुत सम्पत्ति आर्जनमा छानबिन गर्न सक्ने कानुनी राय दिएको थियो। सोही रायअनुसार अख्तियारले पूर्वन्यायाधीश तथा सैनिक अधिकारीको सम्पत्ति छानबिन गर्न लागेको हो।

काठमाडौं उपत्यकामा भूमिगत पानीको सतह रित्तिँदै शीर्षकको समाचारमा काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला छैनन्। पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन्। उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो। लामो समयदेखि काठमाडौं‌ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ। जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएको उल्लेख छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ७ : २१ बजे

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत