राम कार्कीको नजरमा विप्लवमाथिको प्रतिवन्ध– बारुद हालेर आगो निभाउने प्रयास « Khabarhub

राम कार्कीको नजरमा विप्लवमाथिको प्रतिवन्ध– बारुद हालेर आगो निभाउने प्रयास


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र कुमार कार्की (राम कार्की)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने सरकारी निर्णयप्रति संशय व्यक्त गरेका छन् ।

नेता कार्कीले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्धलाई ‘आगोमा बारुद हाले निभाउने प्रयास’का रुपमा अर्थ्याएका छन् ।

सामाजिक सञ्चाल फेसबूकमा एक सन्देश लेख्दै कार्कीले वर्तमान सरकार र सत्तारुढ पार्टी ‘समाजवादतर्फ ठोस पाइला चालेर विप्लवको राजनीतिलाई औचित्यहिन बनाउन चुकिरहेको’ भन्दै व्यंग समेत गरेका छन् ।

कार्कीले फेसबुकमा लेखेका छन्,
सिद्दान्तमूक्त राजनीति = नो रणनीति
कार्यनीति + कार्यनीति + कार्यनीति = अवसरवाद
जे आइपर्छ त्यही गर्ने = सुविधाको राजनीति
समाजवादतर्फ ठोस पाइला चालेर विप्लवको राजनीतिलाई औचित्यहिन बनाउन चुक्दैछौं हामी ।
प्रतिबन्ध = हाम्रो आफ्नै अनुभव मनन गर्दा आगोमा बारुद हालेर निभाउने प्रयास सावित नहोस् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ११ : १५ बजे

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्तिसुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत

अहिलेसम्म कांग्रेसमा क–कस्ले पाए टिकट ? (सूचीसहित)

काठमाडौं – विशेष महाधिवेशन र महाधिवेशन विरोधी पक्षको तनावबीच नेपाली

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी– यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२