छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी र बीरगंजमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशाह चोक नजिक आज  बिहान भएको सवारी दुर्घटनमा दुई जनाको मृत्यु भएको छ । बस र मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सुरुङगा नगरपालिका–५ का मझलुम मिया र सोही वडाका रामेश पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

दुर्घटना हुँदा बस अनियन्त्रि भइ सडकमै पल्टिंदा बसमा सवार २४ जना भन्दा बढी यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका को १ ख ४९६४ बसले विपरित दिशाबाट आउँदै गरेको को ३४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

यसैबीच, भारतीय ट्रकको ठक्करबाट वीरगञ्जमा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको छ । गएराति एन.एल.०१ जी ०९६२ नम्बरको भारतीय ट्रकले ना ४६ प ९००९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक महिला र एक पुरुषको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरुको सनाखन हुन बाँकी छ । फलाम बोकेको मालबाहक भारतीय ट्रकले शंकराचार्य गेटनजिकै मोटरसाइकललाई ठक्कर दिएको र ट्रक तथा त्यसका चालक भारत बिहार भोजपुर गन्गौलका ५५ वर्षीय हरेराम ठाकुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ११ : २९ बजे

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला