विप्लवलाई प्रतिबन्ध लगाउने सरकारी निर्णयको जिम्मा पार्टीले लिँदैन : माधव नेपाल | Khabarhub Khabarhub

विप्लवलाई प्रतिबन्ध लगाउने सरकारी निर्णयको जिम्मा पार्टीले लिँदैन : माधव नेपाल



काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउन सरकारले गरेको निर्णय पार्टीले जिम्मा नलिने बताएका छन् ।

खबरहबसँगको कुराकानीमा नेता नेपालले यो निर्णय पार्टीमा छलफल नै नभई भएकाले यसको जिम्मेवारी लिन नसकिने बताए । उनले भने, ‘विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय सरकारको हो । यो विषयमा पार्टीमा कुनै छलफल नै भएको छैन् । सरकारले गरेको यो निर्णयप्रति पार्टी जिम्मेवार छैन्। यसबाट सिर्जित परिस्थिति प्रति पार्टी जवाफदेही हुनेछैन।’

सरकारले कुनै पनि निर्णय हतारोमा गर्न नहुने भन्दै नेता नेपालले सबै समस्याको समाधानका लागि छलफल आवश्यक रहेको बताए ।

उनले देशमा शान्ति सुरक्षाको व्यवस्था गर्ने काम सरकारको रहेको भन्दै शान्ति र अमनचयन कायम गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १२ : ५२ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको