राप्रपाको स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने, शुक्रवार समापन हुने « Khabarhub

राप्रपाको स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने, शुक्रवार समापन हुने


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट शुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने भएको छ ।

हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह लगायका माग राखि सरकारलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू बारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची महाकाली यात्रा गरेको जनाएको छ ।

राप्रपाले २८१० किमि यात्रा पन्ध्र दिनमा तय गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । यस क्रममा साना ठूला गरि १५० वटा सभाहरु भएको उनले बताए । यात्राका क्रममा हिन्दू राष्ट्रका पक्षमा देखिएको जनताको समर्थन काठमाडौं बसेर कल्पना गर्न नसकिने खालको रहेको र हिन्दु राष्ट्रको जनचाहनालाई सम्बोधन गरिनुपर्ने श्रेष्ठ बताउछन् । राप्रपाको यात्रामा ७० वटा भन्दा बढी सवारी साधन र ५०० यात्रीहरु नियमित थिए ।

राप्रपा अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा हिन्दु, बौद्ध र किराँत धर्म झल्कने आकर्षक पशुपतिनाथ, गाई, बौद्ध स्तुपा पनि फरकफरक सवारीमा यात्रा संगै थिए । हरेक दिन कम्तीमा १० वटाका दरले भएका साना ठूला सभाहरुमा स्थानीय र टाढा टाढाबाट समेत जनताको उपस्थिति रहेको थियो । प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए ।

आज काठमाडौं आइपुग्ने स्वाभिमान यात्राले ललितपुरका विभित्र स्थानमा कोणसभा गर्नेछ । स्वाभिमान यात्रा चैत १ गते भक्तपुरबाट काठमाडौ आइ शहरका विभिन्न भाग परिक्रमा गरि डिल्लीबजारबाट शुरु हुने कलश यात्रा सहित अपरान्ह १२.१५ बजे भृकुटीमण्डपमा विशाल जनसभा गर्दै समापन हुनेछ । सभालाई अध्यक्ष कमल थापा सहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  २ : ३५ बजे

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,