विप्लवको पार्टीमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन वैद्य माओवादीको माग « Khabarhub

विप्लवको पार्टीमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन वैद्य माओवादीको माग


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

बुधबार बसेको पार्टी स्थायी समिति बैठकपछि क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न र सो प्रतिबन्ध फिर्ता लिन सरकारसित विशेष माग गरिएको छ । वैद्य नेतृत्वको माओवादीले कम्युनिस्ट नेतृत्वको सरकारले अर्को कम्युनिस्ट पार्टीमाथि फासिवादी व्यवहार गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘हाम्रो पार्टी सरकारको यस प्रकारको फासिवादी गतिविधिको तथा व्यवहारको कडा विरोध तथा भत्र्सना गर्छ ।’
माओवादी बैठकले सीके राउतसँग सरकारले गरेको सहमतिको भाषामा आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘सहमतिमा अमूर्त भाषा र द्विअर्थ लाग्ने विवादास्पद पदावली प्रयोग भएकोमा त्यसको विरोध गर्दै राष्टिय अखण्डता तथा सार्वभौमिकता जस्तो सम्वेदनशील विषयमा सरकारका तर्फबाट गल्ती भएकोमा त्यसलाई अविलम्व सच्याउन पार्टी विशेष आग्रह गर्दछ ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ५ : १७ बजे

एमाले छिरे विवादास्पद शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- विवादास्पद शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित