विप्लवको पार्टीमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन वैद्य माओवादीको माग | Khabarhub Khabarhub

विप्लवको पार्टीमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन वैद्य माओवादीको माग


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

बुधबार बसेको पार्टी स्थायी समिति बैठकपछि क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न र सो प्रतिबन्ध फिर्ता लिन सरकारसित विशेष माग गरिएको छ । वैद्य नेतृत्वको माओवादीले कम्युनिस्ट नेतृत्वको सरकारले अर्को कम्युनिस्ट पार्टीमाथि फासिवादी व्यवहार गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘हाम्रो पार्टी सरकारको यस प्रकारको फासिवादी गतिविधिको तथा व्यवहारको कडा विरोध तथा भत्र्सना गर्छ ।’
माओवादी बैठकले सीके राउतसँग सरकारले गरेको सहमतिको भाषामा आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘सहमतिमा अमूर्त भाषा र द्विअर्थ लाग्ने विवादास्पद पदावली प्रयोग भएकोमा त्यसको विरोध गर्दै राष्टिय अखण्डता तथा सार्वभौमिकता जस्तो सम्वेदनशील विषयमा सरकारका तर्फबाट गल्ती भएकोमा त्यसलाई अविलम्व सच्याउन पार्टी विशेष आग्रह गर्दछ ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ५ : १७ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका