राजनीतिका नाममा लुटपाट मच्चाउनेलाई कानूनी कारबाही हुन्छः प्रधानमन्त्री ओली (भिडियो सहित) « Khabarhub

राजनीतिका नाममा लुटपाट मच्चाउनेलाई कानूनी कारबाही हुन्छः प्रधानमन्त्री ओली (भिडियो सहित)


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिका नाममा लुटपाट मच्चाउने जाेकोहीलाई कानूनी कारबाही हुने चेतावनी दिएका छन् ।

काठमाडौंमा भएकाे कार्यक्रममा प्रधानमन्त्री ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि संचालन गरिरहेकाले सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कानुनी कारबाही गर्ने निर्णय लिएको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुको संज्ञा दिँदै सहन गर्न नसकिने पनि स्पष्ट पारे । उनले राजनीतिका नाममा लुटपाट मच्चाउने, विध्वंसात्मक गतिविधि गर्नेहरुलाई राजनीतिक पार्टी मान्न नसकिने तर्क गरे । उनले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गरे ।

नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मूल धारको राजनीतिमा आउने अधिकार सबैलाई भएको तर लुटपाट मच्चाउँदै हिँडने अधिकार कसैलाई पनि नरहेको  स्मरण गराए । प्रधानमन्त्री ओलीले इमानका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराए ।

उनले जनताको विश्वास आर्जन हुनेगरी काम नगर्ने जनप्रतिनिधिलाई फेरि जनप्रतिनिधि हुने अवसर नआउनेतर्फ पनि सचेत गराए । फरक प्रसंगमा प्रधानमन्त्री ओलीले देशमा अब विखण्डनकारी शक्ति सकिएको दाबी गरे।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : ०१ बजे

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब