न्यूयोर्कमा राष्ट्रपति भण्डारीबाट उच्चस्तरीय भेटवार्ता « Khabarhub

न्यूयोर्कमा राष्ट्रपति भण्डारीबाट उच्चस्तरीय भेटवार्ता


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– संयुक्त राष्ट्रसंघीय महिला आयोगको सम्मेलनमा सहभागि हुन अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय भेटवार्तामा सहभागि भएकी छिन् ।

संयुक्त राष्ट्रसंघीय महिला आयोगको ६२ औं सम्मेलनमा सहभागी हुन न्यूयोर्कमा रहेकी राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज तथा संयुक्त राष्ट्रसंघ महासभाकी अध्यक्ष तथा इक्वेडोरकी पूर्व विदेशमन्त्री मारिया फर्नाण्डा एस्पिनोसा गार्सियससँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेकी छिन् ।

त्यसबाहेक उनले इस्टोनियाकी राष्ट्रपति क्रेस्टी कालुलेइड तथा क्रोएशियाकी राष्ट्रपति कोलिन्दा ग्रेबार किटेरोभिचसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् । भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले विश्वव्यापी मौसम परिवर्तन तथा महिला सशक्तीकरणका विषयमा जोड दिएको बताइएको छ ।

न्यूयोर्क भ्रमण सकेर राष्ट्रपति बिहिबार स्वेदश प्रस्थान गर्ने र शुक्रबार राजधानी काठमाण्डौँ आइपुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : २९ बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ