दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अनुसन्धानका लागि विदेश पठाइने « Khabarhub

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अनुसन्धानका लागि विदेश पठाइने


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– इथियोपियाले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स थप अनुसन्धानका लागि विदेश पठाउने भएको छ । इथियोपियन एयरलाइन्सको फोरेन्सिक टोलीका अनुसार गत आइतबार भएको विमान दुर्घटनाको विषयमा थप विश्लेषण गर्नका लागि ब्ल्याक बक्सलाई विदेश पठाउन गर्न लागिएको हो ।

यद्यपि ब्ल्याक बक्सलाई कुन देश पठाइने भन्ने स्पष्ट नभइसकेको बताइएको छ । युरोपेली युनियनका प्राविधिकहरुले भने ब्ल्याक बक्समा रहेका डाटाहरुको कुनै युरोपेली मुलुकमा विश्लेषण हुनसक्ने जनाएका छन् । ब्ल्याक बक्स विमान दुर्घटना भएको भोलिपल्ट अर्थात् सोमबार फेला परेको थियो ।

इथियोपियामा ब्ल्याक बक्सका डाटाहरुको विश्लेषण गर्ने प्रविधि नरहेकाले विदेश पठाउनुपरेको इथियोपियाका अधिकारीले जनाएका छन् ।गत आइतबार इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको विमान दुर्घटना हुनुको करण अझै स्पष्ट हुन सकेको छैन ।

दुर्घटनामा विमानमा सवार १ सय ४९ यात्री तथा ८ चालक दलका सदस्य गरी सबै १ सय ५७ जनाको मृत्यु भएको थियो । ब्ल्याक बक्सका डाटाहरुको विश्लेषण पछि विमान दुर्घटनामा पर्नुको कारण खुल्ने बताइएको छ ।

यसैबीच दुर्घटनाग्रस्त भएको बोइङ ७३७ म्याक्स ८ विमान उडाउँदै आएका विश्वका दुई तीहाई हवाई सेवा प्रदायक कम्पनीहरुले सुरक्षाको कारण देखाउँदै बोइङ ७३७ म्याक्स विमान नउडाउने घोषणा गरिसकेका छन् ।

गत अक्टोबरमा लायन एअरको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनामा परेयता ७३७ म्याक्स ८ विमान दुर्घटनामा परेको पछिल्लो ६ महिनामा यो दोश्रो पटक हो ।

बोइङ कम्पनीलाई ७३७ म्याक्स ८ विमानको अझै ५ हजारभन्दा धेरै विमान निर्माण गर्न विभिन्न कम्पनीहरुले माग गरेको र पछिल्लो दुर्घटनाले त्यसमा पनि प्रभाव पार्ने बताइएको छ ।

यसबाट बोइङ कमपनीलाई ठूलो आर्थिक घाटा लाग्नुका साथै कम्पनीको साखमा पनि क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १० : ४५ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन