सप्तरीका रघु बहरखेरको १३१ वर्षको उमेरमा निधन « Khabarhub

सप्तरीका रघु बहरखेरको १३१ वर्षको उमेरमा निधन


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- १३१ वर्षका ज्येष्ठ नागरिक रघु बहरखेरको निधन भएको छ । जीवनकालको अधिकांश समय पशुपालनमै बिताएका नेपालकै ज्येष्ठ नागरिक बहरखेरको शुक्रबार निधन भएको हो । सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए ।

स्वर्गीय बहरखेर नेपालमै करीब १० हजार बढी गाईबस्तु, अर्नालगायतलाई परिवारका सदस्यजस्तै बनाएर पाल्ने पहिलो व्यक्ति रहेको स्थानीयले बताएका छन् ।

उनले जीवनकालको अधिकांश समय कोशी टप्पुको जङ्गलमै गाईवस्तु, अर्ना पालेर बिताएको घोषिन उत्थान मञ्च नेपालका केन्द्रीय सदस्य सोभितलाल पघैया यादवले जानकारी दिए। मृतक बहरखेरको शनिबार कोशी ब्यारेजमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  १२ : ०९ बजे

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य