खबरहबको झण्डा बोकेर जाङ्ग्बु शेर्पा १६ औं पटक सगरमाथा आरोहण गर्दै « Khabarhub

खबरहबको झण्डा बोकेर जाङ्ग्बु शेर्पा १६ औं पटक सगरमाथा आरोहण गर्दै


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३७ वर्षे जाङ्ग्बु शेर्पा नयाँ अभियानका साथ १६ औं पटक सगरमाथा आरोहण अभियानमा निस्कने तयारीमा छन् ।

यसअघि १५ पटकसम्म सगरमाथाको सफल अरोहण गरिसकेका जाङ्ग्बु शेपार्ल यस पटक भने उनले खबरहबको झण्डालाई विश्वको सर्वोच्च शिखरमा पुर्‍याउने लक्ष्य राखेका छन् ।

‘यो झण्डासहित यो सिजन १६ औं पटक विश्वको सर्वोच्च शिखरमा टेक्न म एकदमै उत्साहित छु ।’ पेभेलियन मिडियाका अध्यक्ष नरेश श्रेष्ठबाट झण्डा लिइसकेपछि खबरहबसँग उनले भने ।

यो सिजन सगरमाथा आरोहण गर्ने चाहनाका साथ उनीजस्ता सयौँ आरोहीहरु सगरमाथाको आधार शिविरमा भेला हुँदैछन् ।

सगरमाथा आरोहण उनका लागि जतिपटक गरेपनि धित नमर्ने कुरा हो । त्यसैले उनी १६ औं पटक सगरमाथा आरोहणको अभियानमा छन् । उनी पछिल्ला १८ वर्षयता आरोहीहरुको गाइड र भरियाका रुपमा सगरमाथा आरोहण गर्न सहयोग गर्दै आएका छन् । उनले पहिलोपटक भने सन् २००३ मा २१ वर्षको उमेरमा सगरमाथाको शिखरमा पुगेका थिए ।

‘यो झण्डालाई विश्वको सर्वोच्च शिखरमा पुर्‍याउने अवसर पाएपछि म धेरै नै उत्साहित छु । यो उत्साहलाई म शब्दमा वर्णन गर्न सक्दिन’ उनले भने ।

उनले खबरहबका अरु ५ वटा झण्डा पनि साथै लैजानेछन् । उनले ती ५ झण्डालाई सगरमाथाको आधार शिविरसहितका ५ शिविरमा पनि पुर्‍याउने छन् ।

खबरहबको झण्डा सगरमाथामा पुर्‍याउने आफ्ना अभियानका बारेमा आफ्ना सहकर्मी र आफूजस्तै आरोहीलाई पनि जानकारी दिने उनको भनाइ छ । उनका अनुसार नेपालको डिजिटल मिडिया खबरहब दिन प्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ ।

तालिमप्राप्त तथा अनुभवी गाइड समेत रहेका उनले धेरै पर्वतारोहीलाई गाइड गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ३ : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया