पूर्व राजा ज्ञानेन्द्रको शुभकामना सन्देश–नयाँ वर्षले सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् « Khabarhub

पूर्व राजा ज्ञानेन्द्रको शुभकामना सन्देश–नयाँ वर्षले सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस्


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि सबै निष्ठावान् हुनु र एक्यवद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

नयाँ वर्ष २०७६ को उपलक्षमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रिय अखण्डता र प्रजातान्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा आफू रहेको जनाएका छन् ।

नयाँ वर्षको उपलक्षमा नेपाल भित्र र विश्वका विभिन्न भूभागमा रहेका नेपालीहरुमा सुख शान्ति र समुन्नतिको शुभकामना व्यक्त गर्दै पूर्व राजा ज्ञानेन्द्रले वितेको निकट अतितका वर्षहरुको सुक्ष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नुपर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ‘हामीले अब केवल हिजो अस्तिको जस्तो सयम बियाल्ने परिपाटिलाई मात्र अंगालेर पुग्दैन ।’

उनले जनताको घर दैलोमा पुग्दा अनगिन्ती समस्या र दुर्दान्त पीडा रहेको पाएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ,‘लाखैं नेपाली काम, माम र दामका निम्ती विदेशी भूमिमा भौतारिन पर्ने, देशमै शिक्षा स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने– यस्तो नाजुक अवस्था अझै कति रही रहने ?’

पूर्व राजा ज्ञानेन्द्रले मुलुक प्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको बताएका छन् । देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनु पर्दछ भन्नेमा आफ्नो सधै विश्वास रही आएको ज्ञानेन्द्रले जनाएका छन् ।

शुभकामना सन्देशमा ज्ञानेन्द्रले भनेका छन्,‘नयाँ वर्ष साच्चिकै नयाँ रहोस्– नयाँ वर्षले वास्तवमै हामीहरुका सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ५ : १० बजे

 ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को