अमेरिकाले अडान छोड्नुपर्छ– किम « Khabarhub

अमेरिकाले अडान छोड्नुपर्छ– किम


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकालाई आफ्नो अडानमा लचक हुन यो वर्षको अन्त्यसम्मको ‘पर्खने’ भएका छन् ।

उत्तर कोरियाको सरकार सञ्चालित समाचार संस्था केसीएनएले जनाएअनुसार सर्वोच्च नेता किमले भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आफूबीच भएको दोश्रो शिखर वार्ता असफल भएको अवस्थामा उत्तर कोरिया र अमेरिकाबीच सुध्रँदै गएजस्तो देखिएको सम्बन्धमा पुनः तनाव उत्पन्न हुनसक्ने भन्दै यसविषयमा अमेरिका लचक हुनुपर्ने बताए ।

यसका लागि आफू यो वर्षको अन्त्यसम्म पर्खन तयार रहेको उनको भनाइ छ ।

उत्तर कोरियासँगको सम्बन्ध अघि बढाउनका लागि अमेरिकाले यस्तै शैलीबाट अगाडी बढ्न नसक्ने भन्दै उनले अमेरिका आफ्नो अडानमा लचक हुनुपर्ने किमको भनाइ छ ।

उनले हनोई शिखर वार्ताबाट अमेरिका उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्ने विषयमा अमेरिकाको इच्छा प्रति नै प्रश्न खडा भएको समेत टिप्पणी गरेका छन् ।

उनले ट्रम्पसँग तेश्रो चरणको शिखर वार्ता गर्न समेत तयार रहेको जनाएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ५ : ४० बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना