अमेरिकाले अडान छोड्नुपर्छ– किम « Khabarhub

अमेरिकाले अडान छोड्नुपर्छ– किम


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकालाई आफ्नो अडानमा लचक हुन यो वर्षको अन्त्यसम्मको ‘पर्खने’ भएका छन् ।

उत्तर कोरियाको सरकार सञ्चालित समाचार संस्था केसीएनएले जनाएअनुसार सर्वोच्च नेता किमले भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आफूबीच भएको दोश्रो शिखर वार्ता असफल भएको अवस्थामा उत्तर कोरिया र अमेरिकाबीच सुध्रँदै गएजस्तो देखिएको सम्बन्धमा पुनः तनाव उत्पन्न हुनसक्ने भन्दै यसविषयमा अमेरिका लचक हुनुपर्ने बताए ।

यसका लागि आफू यो वर्षको अन्त्यसम्म पर्खन तयार रहेको उनको भनाइ छ ।

उत्तर कोरियासँगको सम्बन्ध अघि बढाउनका लागि अमेरिकाले यस्तै शैलीबाट अगाडी बढ्न नसक्ने भन्दै उनले अमेरिका आफ्नो अडानमा लचक हुनुपर्ने किमको भनाइ छ ।

उनले हनोई शिखर वार्ताबाट अमेरिका उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्ने विषयमा अमेरिकाको इच्छा प्रति नै प्रश्न खडा भएको समेत टिप्पणी गरेका छन् ।

उनले ट्रम्पसँग तेश्रो चरणको शिखर वार्ता गर्न समेत तयार रहेको जनाएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ५ : ४० बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम