मोटोपना घटाउन के खाने, के नखाने ? « Khabarhub

मोटोपना घटाउन के खाने, के नखाने ?


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पहिला पहिलो मोटो शरीरलाई राम्रो मानिन्थ्यो । मोटो हट्टाकट्टा शरीरलाई धनी व्यक्तिको रुपमा परिभाषित गरिन्थ्यो । तर समय बदलिएको छ ।

अहिले मोटा व्यक्तिमा रोग बढी लाग्नसक्नेका रुपमा चिनिन्छ । त्यसैले पनि मोटा व्यक्तिहरु आफ्नो शरीरको तौल घटाउन हरसम्भव प्रयास गरिरहेका हुन्छन् । मोटोपना धेरै मानिसको समस्याको रुपमा देखिएको छ । अत्याधिक मोटो भएकै कारण धेरैले खाना नै खान छाडेर भाकै बसेका पनि हुन्छन् । तर के खानै छाडेर मात्रै शरीरको मोटोपना कम हुनसक्छ ? चिकित्सकहरुका अनुसार शरीरलाई चाहिने पोषक तत्वहरु मोटोदुब्लो सबै व्यक्तिलाई चाहिन्छ ।

त्यसैले खानै खान छाड्नुभन्दा पनि नियन्त्रित रुपमा कम मात्रामा खाने बानीले मोटोपनाको समस्या ल्याउँदैन । खानाबाट शरीरलाई परिपूर्ति हुने क्यालोरीभन्दा शारीरिक गतिविधिद्धारा खर्च हुने क्यालोरीको मात्रा बढी भएमा मोटोपनालाई सजिलै घटाउन सकिन्छ । तपाईमा मोटोपनाको समस्या छ भने खानेकुरा प्रयोगमा विशेष सावधानी भने अपनाउनु पर्छ ।

कस्तो खानाले मोटोपना हुँदैन ?
– हरियो तरकारी,
– सलाद (काक्रो, टमाटर, गाजर आदि)
– ताज फलफूल ( आँप र केराबाहेक)
–माछा
यी खानेकुराले मोटोपनाको समस्या हुँदैन । मोटोपना नियन्त्रणको लागि खानामा पनि नियन्त्रण गर्नुभएको छ भने पनि यी खानेकुराहरु प्रशस्त खान सकिन्छ ।

कस्ता खानेकुरा नियन्त्रण गर्ने ?
– दूध दैनिक २ सय ५० मि.लि मात्रै पिउने,
–घ्यु, तेल,क्रिम दैनिक २ देखि ३ चम्चाभन्दा बढी प्रयोग नगर्ने,
–सुख्खा गहुँको रोटी दैनिक ३ देखि ४ वटा भन्दा बढी नखाने,
–पाउरोटी दैनिक ३,४ पिस भन्दा बढी नखाने,
–भात दैनिक एक कचौरा मात्रै खाने,
–दाल दैनिक एक कचौरा मात्रै खाने,
–आलु मझौला साइजको दैनिक दुईवटा भन्दा बढी नखाने ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : ५० बजे

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा