बुर्किना फासोको चर्चमा आक्रमण, ६ जना मारिए « Khabarhub

बुर्किना फासोको चर्चमा आक्रमण, ६ जना मारिए


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुर्किना फासो- अफ्रिकी मुलुक बुर्किना फासोमा एक चर्चमा आक्रमण हुँदा कम्तीमा ६ जनाको मारिएका छन् भने एक दर्जन बढी घाइते भएका छन् ।

राजधानी वागाडुगुभन्दा उत्तरमा रहेको डाब्लो शहरमा रहेको चर्चमा मानिसहरुले प्रार्थाना गरिरहेका बेला २० देखि ३० जनाको समूहमा आएका बन्दुकधारीले जथाभावी गोली चलाएको अधिकारीले जनाएका छन् । बन्दुकधारीको आक्रमणमा एक जना पादरी समेत मारिएको जनाइएको छ । चर्चमा आक्रमण भएपछि हाल डाब्लो शहरमा आतंकको त्रासले मानिसहरु बाहिर समेत निस्कन नसकेको एएफपीले जनाएको छ । यता नजिकै शिविर बनाएर बसेको सेनाले आक्रमणका बेला कुनै कारवाही नगरेको भन्दै स्थानीय आक्रोशित रहेको बताइएको छ ।

बुर्किना फासोमा पछिल्ला केही महिनायता इसाई धर्मावलम्बीलाई लक्षित गरी बेला बेला आक्रमण हुँदै आएका छन् । पछिल्लो आक्रमणमा कुन समूहको संलग्नता छ भन्ने स्पष्ट नभए पनि त्यस क्षेत्रमा सक्रिय इस्लामिक अतिवादीले यस्ता आक्रमणहरु गराउँदै आएका छन् । गत शुक्रबार फ्रान्सेली सेनाको विशेष फौजले लडाकुको नियन्त्रणमा रहेका चार बन्दीलाई रिहा गर्न विशेष कारवाही चलाएको थियो । कारवाहीका क्रममा दुई फ्रान्सेली सैनिक मारिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १२ : २६ बजे

बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना

रास्वपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री साह अनुपस्थित

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो