सत्यमोहन १०० वर्षमा, गाउँमै गुमनाम ११७ वर्षकी बाटुली ! « Khabarhub

सत्यमोहन १०० वर्षमा, गाउँमै गुमनाम ११७ वर्षकी बाटुली !


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले ‘वर्ष ११७’ शीर्षकमा नुवाकोटकी बाटुलीको कथाव्यथालाई मुख्य समाचारका रुपमा छापेको छ । ककनी–८ नुवाकोट थानसिङ छापमा एउट घर छ ।

जहाँ पुग्दा तपाईलाई छुट्याउन गाह्रो पर्छ– यो घर हो कि मन्दिर ? दैनिकजसो नयाँ नयाँ भक्तजन जसरी मानिस आउँछन् । आशीर्वाद लिन्छन् र जान्छन् । यी सबैकी कारण हुन् – ११७ वर्षीया वृद्धा बटुली लामिछाने । त्यो घरमा उनी आस्था र श्रद्धाको प्रतीक बनेकी छिन् । उनको जीवनबाट जो कोही लोभिन्छन् ।

चार वर्ष अघिसम्म उनी को हुन् ? छिमेकीबाहेक कसैलाई थाहा थिएन । बाटुली गाउँमै गुमनाम थिइन् । तर पछिल्लो समय उनी नुवाकोटकमै पहिचान बनेकी छिन् ।  बाटुली देशकै जेठी आमा हुन् । उनको दीर्घायूको कामना गर्न र यति लामो जीवन कसरी स्वस्थ रुपमा जिउन सकिन् भन्ने बुझ्न दिनहुँ उनको घरमा नयाँ नयाँ व्यक्ति आउँछन् । यसरी सोधीखोजी गर्दै घरसम्म आएरै दीर्घायूको कामना गर्नेप्रति बाटुली हर्षविभोर हुन्छिन् ।

यस्तै पत्रिकाले शताब्दी पुरुष सत्यमोहन जोशीको समाचार पनि पहिलो पृष्ठमा ‘सत्यमोहन १०० वर्षमा’ शीर्षकमा छापेको छ । उनको एक सयौं जन्मोत्सवका अवसरमा सोमाबर ललितपुर महानगरपालिकाले विशेष कार्याक्रमको आयोजना गर्दैछ । जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी जावलाखेल हुँदै पुल्चोक पुर्याउने कार्यक्रम रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहानज साढे ११ बजे र्याली शुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुनेछन् ।

त्यसैगरी पत्रिकाले गुठीको जग्गा नम्बरी बनाइँदै शीर्षकमा अर्को समाचार छापेको छ । सरकाले यस्तो विधेयक ल्याएको छ, जसले गुठीका जग्गा नम्बरी बनाउँदै छ । गुठी संस्थान खारेज गरेर राष्ट्रिय गुठी प्राधिकरणको अवधारणा ल्याएको सरकारले गुठी तैनाथी जग्गा व्यक्तिको नाम दर्ता गराउने बाटो ऐनमार्फत नै खुला गर्न खोजेको छ ।

त्यस्तै अन्नपूर्णले ‘हत्या योजना झूट’ शीर्षकमा प्रतिबन्धित नेकपाका महासचिव विप्लवको अन्तर्वार्ता छापेको छ । उनले सरकारले औपचारिक वार्ताको आग्रह नगरेको दाबी गरेका छन् । ‘वार्ताबाट न त हामी तर्सिन्छौं, न त वार्ताले क्रान्तिले उठाएका विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौं’, उनले भने ।

एनसेलमाथिको कारबाहीपछि सरकाले पार्टीमाथि प्रतिबन्ध लगाएको उनको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लले खण्डन गर्दै भनेका छन् ‘यति गम्भीर विषयालई बजारको व्यापार गराइएको छ’, उनले भने , ‘यो नै अनौठो लाग्छ । यो प्रष्ट कुरा हो कि राज्यले हाम्रा नेतालाई इन्काउन्टरसम्मको योजना बनाएर शक्ति सञ्चालन गरेको छ भन्ने सुन्नमा आएको छ ।’

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ६ : २० बजे

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज