ब्रुमरको प्रभावकारितामाथि प्रश्न, थप चारवटा भित्र्याइँदै « Khabarhub

ब्रुमरको प्रभावकारितामाथि प्रश्न, थप चारवटा भित्र्याइँदै


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले गुठीको जग्गाको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँ बराबरको गुठीको जग्गा व्यक्तिको नाममा गरिदिएको भन्दै झापाका सकाराी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको समाारमा उल्लेख छ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित विर्ताबजारको अनारमनी देवी गुठी स्थानको ५ बिघा जमिन चार जनाकोनाममा जोतभोगको व्यवस्था मिलाउनु भनि फैसला गरेका थिए ।

यस्तै पत्रिकाले दोषीको नाम सर्वाजनि गर्न अलमल शीर्षकमा अर्को समाचार छापेको छ । सशस्त्र द्व्रन्द्वका क्रममा ग्रम्भीर मानवअधिकार हनन गर्नेलाई कालोसूचीमा राख्ने मानअधिकार आयोगको प्रक्रिया अलमलमा परेको छ । मानवअधिकार हननका दोषीको नाम सार्वजनिक गर्ने विषयमा मानवअधिकार आयोगका सदस्यबीच लामो समयदेखि मतभेद देखिँदै आएको छ ।

त्यस्तै मुलुकभर यो साता वर्षकै सबैभन्दा बढी डढेलो शीर्षकमा आगालागीको समाचार पनि राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ । सरकाले डढेलो नियन्त्रका लागि प्रत्येक वर्ष करोडौं बजेट खर्च गरिहेको छ । तर, यसको प्रभावकारिता देखिएको छैन । अत्यधिक गर्मी, लामो खडेरी, उच्च बेगको हावाहुरी लगायतका कारणले दिनहुँ हजारभन्दा बढीको संख्यमा डढेलो लागिरहेको समाचारमा उल्लेख छ ।

ब्रुमरको प्रभावकारितामाथि प्रश्न, थप चारवटा भित्र्याउँदै काठमाडौं महानगर शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिछएको छ । काठमाडौं महानगरपालिकाले धुलो नियन्त्रणका लागि थप चारवटा ‘ब्रुमर’ भित्र्याउने भएको छ । मनपाले यसको तयारीका लागि दुईवटा ब्रुमर खरिद प्रक्रिया अघि बढाएको छ भने दुई ब्रुमर चीन सरकारको अनुदानमा ल्याउन लागेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : २६ बजे

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ