महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियान चलाउनु पर्छ– डा. शेखर कोइराला « Khabarhub

महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियान चलाउनु पर्छ– डा. शेखर कोइराला


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जिल्ला सभापतिहरुले अब महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियान चलाउनु पर्ने बताएका छन् ।

नेपाल महिला संघ मोरङ्ले विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा कोइरालाले भने,’ हामी सरकारमा अनुशासन छैन भनेर आलोचना गर्छौं तर अनुशासनको कसीमा पहिले आफूलाई हेरौँ भन्ने आग्रह गर्दै कार्यक्रमको हल खालि हुनु अनुशासनको कमी हो।”

“हामी सरकारले संविधान उल्लङ्घन गर्यो भन्छौँ तर के नेपाली कांग्रेस पार्टी चाहिँ आफ्नो विधानअनुसार चलेको छ ?” उनले भने “हामी आफूलाई लोकतान्त्रिक भन्छौँ तर आचरण, व्यवहार र संस्कार पनि लोकतान्त्रिक हुनु जरुरी छ। के अहिलेको अवस्था ल्याउन नेपाली कांग्रेस जिम्मेवार छैन?”

डा कोइरालाले महासमितिको निर्णयलाई अटेर गरेर नेपाली कांग्रेस नेतृत्वले विधिको शासन नमानेको भन्दै यस्तो नेतृत्वले प्रधानमन्त्री ओलीलाई कुन नैतिक बलले पाठ सिकाइरहेका छन् भन्दै प्रश्न गरे ।

उनले पार्टी नेतृत्व महाधिवेशनबाट भाग्न खोजेको आरोप लगाए । “पार्टी नेतृत्वलाई दबाब नपरेसम्म महाधिवेशन हुँदैन र महाधिवेशन भएन भने नेपाली कांग्रेस अझ कमजोर हुन्छ’, नेता कोइरालाले भने, ‘जागरण अभियानका क्रममा म काभ्रे खटिएको छु। तर काभ्रेमा कुनै गाउँपालिकामा हाम्रो संगठन छैन, कहाँ र कसलाई गर्ने जागरण ? त्यसैले यो जागरण पनि महाधिवेशन सार्ने एउटा बहाना हो भन्ने मलाई लागेको छ।”

कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व पूर्ण रुपमा असफल भएको बताउँदै पार्टी एकताको लागी आफू बाधक नबन्ने बताए ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमितीको निर्णय ल्याएर नेतृत्वले गल्ती गरेको बताए । केन्द्रिय सदस्य डा रामशरण महतले बहुमतको दम्भ नदेखाउन सभापतिलाई चेतावनी दिए ।

 

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ८ : ५८ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।