महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियान चलाउनु पर्छ– डा. शेखर कोइराला | Khabarhub Khabarhub

महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियान चलाउनु पर्छ– डा. शेखर कोइराला


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जिल्ला सभापतिहरुले अब महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियान चलाउनु पर्ने बताएका छन् ।

नेपाल महिला संघ मोरङ्ले विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा कोइरालाले भने,’ हामी सरकारमा अनुशासन छैन भनेर आलोचना गर्छौं तर अनुशासनको कसीमा पहिले आफूलाई हेरौँ भन्ने आग्रह गर्दै कार्यक्रमको हल खालि हुनु अनुशासनको कमी हो।”

“हामी सरकारले संविधान उल्लङ्घन गर्यो भन्छौँ तर के नेपाली कांग्रेस पार्टी चाहिँ आफ्नो विधानअनुसार चलेको छ ?” उनले भने “हामी आफूलाई लोकतान्त्रिक भन्छौँ तर आचरण, व्यवहार र संस्कार पनि लोकतान्त्रिक हुनु जरुरी छ। के अहिलेको अवस्था ल्याउन नेपाली कांग्रेस जिम्मेवार छैन?”

डा कोइरालाले महासमितिको निर्णयलाई अटेर गरेर नेपाली कांग्रेस नेतृत्वले विधिको शासन नमानेको भन्दै यस्तो नेतृत्वले प्रधानमन्त्री ओलीलाई कुन नैतिक बलले पाठ सिकाइरहेका छन् भन्दै प्रश्न गरे ।

उनले पार्टी नेतृत्व महाधिवेशनबाट भाग्न खोजेको आरोप लगाए । “पार्टी नेतृत्वलाई दबाब नपरेसम्म महाधिवेशन हुँदैन र महाधिवेशन भएन भने नेपाली कांग्रेस अझ कमजोर हुन्छ’, नेता कोइरालाले भने, ‘जागरण अभियानका क्रममा म काभ्रे खटिएको छु। तर काभ्रेमा कुनै गाउँपालिकामा हाम्रो संगठन छैन, कहाँ र कसलाई गर्ने जागरण ? त्यसैले यो जागरण पनि महाधिवेशन सार्ने एउटा बहाना हो भन्ने मलाई लागेको छ।”

कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व पूर्ण रुपमा असफल भएको बताउँदै पार्टी एकताको लागी आफू बाधक नबन्ने बताए ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमितीको निर्णय ल्याएर नेतृत्वले गल्ती गरेको बताए । केन्द्रिय सदस्य डा रामशरण महतले बहुमतको दम्भ नदेखाउन सभापतिलाई चेतावनी दिए ।

 

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ८ : ५८ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने