मुस्ताङमा पर्यटकको घुइँचो « Khabarhub

मुस्ताङमा पर्यटकको घुइँचो


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोमसोम– पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा पर्यटकको चाप बढेको छ ।

मुस्ताङका अधिकांश होटेलहरु पर्यटकले भरिभराउ छन् । मुस्ताङका लागि फागुनदेखि जेठसम्मको समय मुख्य पर्यटकीय समय हो ।

मुस्ताङमा स्वेदशीसँगै विदेशी पर्यटकको संख्या पनि बढी नै हुन्छ । विदेशी पर्यटकमध्ये धेरै भारतीय हुन्छन् ।

पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटकहरु मुस्ताङ आउने गर्छन् ।

मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य हो । म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाइमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकहरु बढी हुन्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा निस्कने पर्यटक मनाङ हुँदै ‘थोरङ्लापास’ भएर पनि मुस्ताङ आइपुग्छन् ।

मुस्ताङ छिर्ने अधिकांश पर्यटकले गन्तव्य मुक्तिनाथ क्षेत्र हुन्छ । केहीले उपल्लो मुस्ताङको यात्रा तय पनि गर्छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार गएको अंग्रेजी महिना जनवरीदेखि अप्रिलसम्म १६ हजार ५ सय ५७ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी अप्रिल महिनामा १० हजार २ सय २९ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए । सन् २०१८ को अप्रिलमा ९ हजार ६ सय १५ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए ।

मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । विदेशीको तुलनामा दोब्बर बढी नेपालीले मुस्ताङको भ्रमण गर्ने बताइन्छ ।
पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएसँगै मुस्ताङ जाने आन्तरिक पर्यटकको पनि घुईँचो लाग्ने गर्छ । मुक्तिनाथको तीर्थमा जानेदेखि पदयात्रामा रमाउने युवायुवतीको रोजाइमा मुस्ताङ पर्न थालेको हो ।

यहाँको मनोरम प्राकृतिक भूवनोट, हिमाली जनजीवन, मुस्ताङी सभ्यता र संस्कृतिले पर्यटकलाई लोभ्याउँछ । वर्षेनी पर्यटक बढेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि बढ्दो छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटककले रात बिताउने गर्छन् ।

गएको अङ्ग्रेजी वर्षमा ५९ हजार ८३८ विदेशी पर्यटकले मुस्ताङ घुमेका थिए । यो वर्ष उक्त सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ११ : २० बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना