मुस्ताङमा पर्यटकको घुइँचो « Khabarhub

मुस्ताङमा पर्यटकको घुइँचो


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोमसोम– पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा पर्यटकको चाप बढेको छ ।

मुस्ताङका अधिकांश होटेलहरु पर्यटकले भरिभराउ छन् । मुस्ताङका लागि फागुनदेखि जेठसम्मको समय मुख्य पर्यटकीय समय हो ।

मुस्ताङमा स्वेदशीसँगै विदेशी पर्यटकको संख्या पनि बढी नै हुन्छ । विदेशी पर्यटकमध्ये धेरै भारतीय हुन्छन् ।

पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटकहरु मुस्ताङ आउने गर्छन् ।

मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य हो । म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाइमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकहरु बढी हुन्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा निस्कने पर्यटक मनाङ हुँदै ‘थोरङ्लापास’ भएर पनि मुस्ताङ आइपुग्छन् ।

मुस्ताङ छिर्ने अधिकांश पर्यटकले गन्तव्य मुक्तिनाथ क्षेत्र हुन्छ । केहीले उपल्लो मुस्ताङको यात्रा तय पनि गर्छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार गएको अंग्रेजी महिना जनवरीदेखि अप्रिलसम्म १६ हजार ५ सय ५७ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी अप्रिल महिनामा १० हजार २ सय २९ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए । सन् २०१८ को अप्रिलमा ९ हजार ६ सय १५ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए ।

मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । विदेशीको तुलनामा दोब्बर बढी नेपालीले मुस्ताङको भ्रमण गर्ने बताइन्छ ।
पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएसँगै मुस्ताङ जाने आन्तरिक पर्यटकको पनि घुईँचो लाग्ने गर्छ । मुक्तिनाथको तीर्थमा जानेदेखि पदयात्रामा रमाउने युवायुवतीको रोजाइमा मुस्ताङ पर्न थालेको हो ।

यहाँको मनोरम प्राकृतिक भूवनोट, हिमाली जनजीवन, मुस्ताङी सभ्यता र संस्कृतिले पर्यटकलाई लोभ्याउँछ । वर्षेनी पर्यटक बढेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि बढ्दो छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटककले रात बिताउने गर्छन् ।

गएको अङ्ग्रेजी वर्षमा ५९ हजार ८३८ विदेशी पर्यटकले मुस्ताङ घुमेका थिए । यो वर्ष उक्त सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ११ : २० बजे

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट