कुवेत जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणिकरण अब नेपाली दूतावासबाटै « Khabarhub

कुवेत जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणिकरण अब नेपाली दूतावासबाटै


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कुवेतको विदेशी मन्त्रालयले वैदेशिक रोजगारीका लागि त्यहाँ आउने नेपाली श्रमिकको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने जिम्मा कुवेतस्थित नेपाली राजदूतावासलाई दिएको छ ।

यो भन्दा अगाडि पनि कुवेत रोजगारीमा जान नेपाली कामदारले प्रहरी रिपोर्टमा कुवेतस्थित नेपाली राजदूतावासले प्रमाणिकरण भइ आएपछि मात्र भिसा प्रक्रिया र पूर्व श्रम स्वीकृतिको काम अगि बढ्ने गरेको छ ।

गत महिनादेखि कुवेत आउने श्रमिकहरुको ‘पुलिस रिपोर्ट’ भारतमा रहेको कुवेत दूतावासमा प्रमाणिकरण गरेको हुनु पर्ने भन्दै भिसा लगउनमा कुवेत सरकारले रोक लगाएको थियो । यो विषयमा वैदेशिक रोजगार व्यवसायीले डिमाण्ड ल्याएपछि प्रहरी रिपोर्ट बनाउन झन्झटिलो हुने भन्दै सरकारको ध्यानार्षण गराएका थिए ।

यस विषयमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले कुवेतमा रहेको नेपाली राजदूतावासमा पत्राचार गरेको थियो । सोअनुसार कुवेतको विदेश मन्त्रालयले नेपाली कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्न जिम्मा दूतावासलाई दिएको छ ।

पछिल्लो समय कुवेत सरकारले आपराधिक गतिविधि रोक्न कुवेत आउने विदेशी कामदारको प्रहरी आफ्ना कुटनीतिक नियोगबाट मात्र गराउने निर्णय गरेको थियो । नेपालमा कुवेत सरकारको कुटनीतिक नियोग नभएका कारण प्रहरी रिपोर्ट प्रमाणिकरणको काम दूतावासलाई दिएको हो ।

कुवेतमा नेपालबाट वार्षिक १० हजारभन्दा धेरै रोजगारीमा जाने गरेका छन् । पछिल्लो समय रोजगारीमा गएका धेरै महिला कुवेतमा समस्यामा पर्ने गरेका छन् ।

हाल कुवेतमा करिब २ लाख नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारको अनुमान छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ११ : ३२ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका