सबै नेपालीले गर्व गर्नलायक ‘गोर्खा वारियर’ बनाउँछु– मिलन चाम्स (अन्तर्वार्ता) « Khabarhub

सबै नेपालीले गर्व गर्नलायक ‘गोर्खा वारियर’ बनाउँछु– मिलन चाम्स (अन्तर्वार्ता)


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘वीर विक्रम २’ रिलिजको क्रममा छ । फिल्म आउँदो शुक्रवार अर्थात् जेठ ३ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन लगायतका कलाकारको शीर्ष भूमिका छ । चलचित्रको चर्चा भइरहँदा निर्देशक मिलन चाम्सले भने सामाजिक सञ्जाल फेसबूकमा एउटा स्टाटस लेखे । उनले लेखेका थिए, ‘वीर विक्रम २’ मेरो अन्तिम चलचित्र । यसैबीच हामीले निर्देशक चाम्सलाई यो तपाईंको अन्तिम चलचित्र हो ? भनेर सोधेका थियौँ:

‘वीर विक्रम २’ चाहिँ अन्तिम चलचित्र नै हो नि । अब यो फिल्म फेरि बन्दैन । मैले यस हिसाबले भनेको थिएँ तर फ्यानहरुले यसलाई फरक तरिकाले बुझ्नुभएछ, फिल्मकर्मी साथीहरुको पनि दुखेसो आयो, त्यसैले यो स्टाटस हटाएँ । मैले त यही नामको अर्को फिल्म बन्ने छैन भन्ने आशयले लेखेको थिएँ ।

दर्शकले तपाईंको फिल्म ‘वीर विक्रम २’ किन हेर्ने ?

यो फिल्म पूर्णतः मनोरञ्जको प्याकेज हो । दर्शकले परिवारसँग बसेर हेर्नलागयक फिल्म बनेको छ । परिवारका साथ बसेर हेर्न मिल्ने फिल्म बनेकाले पनि म दर्शकलाई फिल्म हेर्न आग्रह गर्छु ।

फिल्मको छायांकन मुस्ताङका विभिन्न स्थानमा पनि गरिएको छ, यसले फिल्मलाई फाइदा पुर्‍याउँछ ?

यसलाई यसरी पनि हेरौँ न, मैले पर्यटकको आकर्षक बनोस् भनेर नयाँ ठाउँको प्रचार गरेको हो । फिल्मलाई पनि यसले फाइदा पुर्‍याएको छ । मुस्ताङमा आजसम्म कोही नपुगेका ठाउँमा पुगेर हामीले छायांकन गरेका छौँ । यसले आन्तरिक पर्यटकलाई पनि फाइदा दिनेछ । यस्तो कार्यमा हामी आफै पनि जिम्मेवारी हुनुपर्छ जस्तो लाग्छ ।

कलाकारले कस्तो अभिनय गरेका छन् ?

सबै कलाकारले चित्तबुझ्दो अभिनय गरेका छन् । पल (शाह) ले पनि त्यति नै राम्रो काम गरेको छ । सबै कलाकारको काम राम्रो छ । अभिनय जीवन्त हुनुपर्छ भन्ने लाग्छ मलाई । यो फिल्म मैले निर्माण गरेका व्यावसायिक फिल्ममा सबैभन्दा उत्कृष्ट फिल्म हो । तर, ‘ब्लाइण्ड रक्स’सँग तुलना गर्न मिल्दैन ।

यसपछि अब कुन फिल्म बनाउनुहुन्छ ?

यो चलचित्र लगत्तै म नयाँ फिल्मको काममा जुट्नेछु । उक्त फिल्म अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी छ । सन् २०२० मा रिलिज गरिने गरी हामी ‘गोरखा वारियर’ निर्माणमा लाग्नेछौँ । यो फिल्ममा नेपालीपन हुनेछ । यस्तै हामीले फिल्ममा सगरमाथा र लुम्बिनीलाई पनि विशेष तरिकाले चिनाउने छौँ । गोर्खालीको सन्देश दिने यो फिल्म सबै नेपालीले गर्व गर्नलायक फिल्म बन्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १२ : ०७ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै