प्रेस स्वतन्त्रताविरोधी कानून ल्याइए विदेशी लगानी आउँदैन: कांग्रेस सांसद रिजाल « Khabarhub

प्रेस स्वतन्त्रताविरोधी कानून ल्याइए विदेशी लगानी आउँदैन: कांग्रेस सांसद रिजाल


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले प्रेस स्वतन्त्रताविरोधी कानूनले विदेशी लगानीलाई समेत प्रभावित पार्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको वैठकमा बैठकमा सरकारको आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै रिजालले सूचना प्रविधि नियन्त्रण गर्ने, मिडियालाई नियन्त्रित गर्ने र राष्ट्रिय प्राथमिकताका योजना भनेर सबै खर्च केन्द्रीकृत गर्ने बाटोबाट विदेशी लगानी नआउने बताए । साथै सरकारका यस्ता गतिविधिलेस्वदेशी लगानी पनि नबढ्ने रिजालको दाबी छ ।

रिजालले बजेट तर्जुमा गर्दा राजनीतिक पुर्वाग्रहबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

वामपक्षीय आधारमा आउने बजेटले समग्ररुपमा मुलुकको विकास गर्न नसक्ने भन्दै रिजालले संशोधन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

आन्तरिक ऋण उठाउने कुरा बाहिर आएको उल्लेख गर्दै रिजालले आन्तरिक ऋण केका लागि भन्नेबारे अर्थमन्त्रीले संसदलाई जानकारी गराउनुपर्ने माग गरे ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १२ : ३९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया