प्रेस स्वतन्त्रताविरोधी कानून ल्याइए विदेशी लगानी आउँदैन: कांग्रेस सांसद रिजाल « Khabarhub

प्रेस स्वतन्त्रताविरोधी कानून ल्याइए विदेशी लगानी आउँदैन: कांग्रेस सांसद रिजाल


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले प्रेस स्वतन्त्रताविरोधी कानूनले विदेशी लगानीलाई समेत प्रभावित पार्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको वैठकमा बैठकमा सरकारको आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै रिजालले सूचना प्रविधि नियन्त्रण गर्ने, मिडियालाई नियन्त्रित गर्ने र राष्ट्रिय प्राथमिकताका योजना भनेर सबै खर्च केन्द्रीकृत गर्ने बाटोबाट विदेशी लगानी नआउने बताए । साथै सरकारका यस्ता गतिविधिलेस्वदेशी लगानी पनि नबढ्ने रिजालको दाबी छ ।

रिजालले बजेट तर्जुमा गर्दा राजनीतिक पुर्वाग्रहबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

वामपक्षीय आधारमा आउने बजेटले समग्ररुपमा मुलुकको विकास गर्न नसक्ने भन्दै रिजालले संशोधन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

आन्तरिक ऋण उठाउने कुरा बाहिर आएको उल्लेख गर्दै रिजालले आन्तरिक ऋण केका लागि भन्नेबारे अर्थमन्त्रीले संसदलाई जानकारी गराउनुपर्ने माग गरे ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १२ : ३९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल