प्रतिबन्धित भारुसहित काठमाडौंबाट ५ जना पक्राउ « Khabarhub

प्रतिबन्धित भारुसहित काठमाडौंबाट ५ जना पक्राउ


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको ठमेलस्थित एक होटलबाट करि १६ लाख बराबरको प्रतिबन्धित भारु नोट सहित ५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतमा प्रतिबन्धित १ हजार र ५ सय दरका गरी १६ लाख बराबरको नोटसहित ५ जनालाई पक्राउ गरेको हो ।

परिसरका डिएसपी होमिन्द्र बोगटीका अनुसार, पक्राउ पर्नेमा दोलखाका रामविक्रम खड्का, धादिङका शम्भु परियार, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् ।

पक्राउ परेकाहरुले के कामकालागि प्रतिबन्धित नोट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धानका लागि  राजश्व अनुसन्धान विभागका पठाएको डिएसपी बोगटीले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १ : ४३ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको