नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्न चीनसँग आग्रह « Khabarhub

नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्न चीनसँग आग्रह


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चीन सरकारसँग नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् ।

खनालले नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्र लगानीका लागि योग्य रहेको उल्लेख गर्दै त्यसमा लगानी बढाउन चीन सरकारसँग आग्रह गरेका हुन् ।

सोमबार चीनको गान्सु प्रान्तको नेपाल आर्थिक तथा व्यापार प्रवद्र्धन केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले चीन सरकारको सहयोगमा यस अघि संचालनमा ल्याएका विभिन्न कारखाना पुनः संचालन गर्र्ने विषयमा पनि चीनसँग सहयोगको अपेक्षा गरिएको बताए ।

मन्त्री खनालले चीनको आर्थिक सहायतामा नेपालको कृषि क्षेत्रले उल्लेख्य प्रगति गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै चीनको गान्सु प्रान्तका गभर्नर ताङ्ग रेन्जियानले नेपालमा स्रोतहरुको पहिचान गरी लगानी गर्न आफूहरुले चाहेको बताए । उनले नेपालसँगको सम्बन्ध विकास गरेर यहाँको व्यवसायमा लगानी गर्न आफ्नो प्रान्त तयार रहेको पनि बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  २ : ३० बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा