नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्न चीनसँग आग्रह « Khabarhub

नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्न चीनसँग आग्रह


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चीन सरकारसँग नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् ।

खनालले नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्र लगानीका लागि योग्य रहेको उल्लेख गर्दै त्यसमा लगानी बढाउन चीन सरकारसँग आग्रह गरेका हुन् ।

सोमबार चीनको गान्सु प्रान्तको नेपाल आर्थिक तथा व्यापार प्रवद्र्धन केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले चीन सरकारको सहयोगमा यस अघि संचालनमा ल्याएका विभिन्न कारखाना पुनः संचालन गर्र्ने विषयमा पनि चीनसँग सहयोगको अपेक्षा गरिएको बताए ।

मन्त्री खनालले चीनको आर्थिक सहायतामा नेपालको कृषि क्षेत्रले उल्लेख्य प्रगति गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै चीनको गान्सु प्रान्तका गभर्नर ताङ्ग रेन्जियानले नेपालमा स्रोतहरुको पहिचान गरी लगानी गर्न आफूहरुले चाहेको बताए । उनले नेपालसँगको सम्बन्ध विकास गरेर यहाँको व्यवसायमा लगानी गर्न आफ्नो प्रान्त तयार रहेको पनि बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  २ : ३० बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न