केही मिडियाकर्मी असनको साँढेजस्तो भए– डा. भट्टराई « Khabarhub

केही मिडियाकर्मी असनको साँढेजस्तो भए– डा. भट्टराई


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न सोध्ने पत्रकारप्रति उक्त पार्टीका अर्का अध्यक्ष डाक्टर वावुराम भट्टराईले असन्तृष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा डाक्टर भट्टराईले केही मिडियाकर्मी ‘असनको साँढे’जस्तो बनेको भन्दै लेखेका छन्, ‘केही मिडियाकर्मीको यस्तो अहंकारी,उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है! यो अति निन्दनीय र गम्भीर छ ! एक विराउने, शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडिया नेतृत्वको ध्यान पुगास् !

एभिन्यूज टेलिभिजनका लागि पत्रकार सुशील पाण्डेले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग अन्तर्वार्ता लिएका थिए ।

अन्तर्वार्ताका क्रममा पत्रकार पाण्डेले सोधेका प्रश्नको शैली नमिलेको भन्दै मन्त्री यादव बीचमै उठेर गएका थिए ।

उक्त अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ । पत्रकारदेखि राजनीतिकर्मी र सामाजिक सञ्चाल प्रयोगकर्ता समेत उक्त अन्तर्वाताको विषयलाई लिएर अन्तर्वार्ताकार पाण्डे तथा मन्त्री यादवको पक्ष र विपक्षमा उभिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  २ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको